2026-09-04 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीसँग श्रमिकको गुनासो : विदेश जाँदा लाखभन्दा बढी असुल्छन्

भदौ ५, काठमाडौं |  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयको कल सेन्टरमा पुगे । श्रमिकले भोग्नु परेको विभिन्न समस्या फोनमार्फत प्रत्यक्ष रुपमा सुन्न उनी कल सेन्टर पुगेका थिए । सो क्रममा एक जना श्रमिकले मलेसियालगायत अन्य देशमा जान मेनपावरहरुले लाखौं रकम लिएको गुनासो सुनाए ।

सरकारले शून्य लागतमा नै खाडीका देश र मलेसियामा श्रमिक पठाउने नीति लिएको छ । अहिले म्यानपावर कम्पनीले मलेसिया जान नै २ लाख भन्दा बढी असुल्ने गरेका छन् ।

श्रममन्त्रीसँग एक श्रमिकका परिवारले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका परिवारका सदस्यको शव ल्याउन नसकेको लगायतका गुनासो पनि पोखे ।

प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार मन्त्री कुँवरले पहिलो दिन ६ जना श्रमिकका गुनासो सुने । श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने आश्वासन दिए । उनले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयका लागि राम्रो भएपनि अन्त्यमा कानुनको कठघरामा ल्याउने अश्वासन दिए ।

मन्त्री कुँवरले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताए । श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानुनी जटिलताहरु रहेको उनको भनाइ थियो । त्यो जटिलता समाधान गर्नका लागि मन्त्रालय कानुन निर्माणमा पनि लागेको उनले बताए ।

नेपालबाट श्रम स्वीकृत गरेर विदेशमा गएर मुत्यु भएका श्रमिकलाई नेपाल ल्याउन कुनै समस्या नरहेको उनले बताए । तर श्रम स्वीकृत नभई विदेशमा पुगेका र त्यहीं मृत्यु भएकालाई नेपाल ल्याउन केही कानुनी जटिलताहरु रहेको उनले बताए ।

‘अहिले सरकारको डाटा अनुसार ४६ लाख नेपाली नागरिकहरु विदेशमा रहनुभएको छ । विदेश जाँदा बुझेर मात्रै जान भन्दै आएका छौं । कामको प्रकृति हेरेर मात्रै विदेश जान बाटो तय गरौं । धेरै कुरा नबुझी जाँदा पनि समस्या आइरहेका छन्’ उनले भने ।

मन्त्रालयमा कलसेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ । अहिले कल सेन्टरमा दैनिक २०० बढि गुनासाहरु आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा कुरा गर्न सकिने समेत मन्त्रालयले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ