२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

घरैबाट बिक्री हुने बंगुरका पाठापाठी बजार लैजाँदा पनि बिक्री भएन

२०७९, ९ भाद्र बिहीबार ०८:२९

भदौ ९, तेह्रथुम | छथर गाउँपालिका-२ तेह्रथुमकी राजकुमारी लिम्बूकाे घरमा अहिले एक दर्जनभन्दा बढी बंगुरका पाठापाठी छन् । पाठापाठी बिक्रीबाटै उनले घर खर्चकाे जोहो गर्दै आएकी थिइन । तर, यसपटक भने पाठापाठी बिक्री नभएका कारण घर चलाउन मुस्किल भएकाे छ । पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पुर्याउँदा पनि बिक्री नभएकाे उनले बताइन् । 


बंगुरको पाठापाठी बिक्रीबाट मात्रै उनले एक सिजनमा ३० देखि ४० हजारसम्म आम्दानी लिँदै आएकी छिन । उनी भन्छिन्, ‘यसपालि एउटा माउले १० वटा पाठापाठी पाएको थियो । ३०-३५ हजार आम्दानी हुन्छ भन्ने आशा थियो । तर, बिक्री नै भएनन् ।' अघिल्लाे सिजनमा चार हजारमा बिक्री भएका पाठापाठी यसपटक १५ सयमा पनि बिक्री नभएकाे उनकाे दुखेसाे छ । 

उनी जस्तै लक्ष्मी लिम्बूले पनि पाठापाठी बिक्रीका लागि बजार पुर्याइन । उनका पाठापाठी पनि बिक्री नभएपछि फकाएर ल्याइन । ‘पोहाेरसम्म त व्यापारीले घरबाटै राम्रो दाम दिएर लान्थे । तर,यसपालि त व्यपारी नै आएनन् ।’ लक्ष्मीले भनिन् ।

बिशेषगरी जानजाति समुदायले घर खर्च टार्न बंगुरपालन र बिक्री गर्दै आएका छन् । तेह्रथुमको ग्रामिण क्षेत्रका किसानको आम्दानीकाे मुख्य स्राेत नै बंगुरपालन हो । तर, बिक्री नै नभएपछि स्थानीय मारमा पर्दै आएका छन् । कोरोना माहामारीका बेला पनि राम्रो मूल्यमा बिक्री भएका पाठापाठी ६ महिनायता बिक्री हुन छाडेकाे छ । 

तेह्रथुममा उत्पादन भएका पाठापाठी छिमेकी धनकुटा जिल्लाको विभिन्न बजार केन्द्र साथै पुर्वी तराईका जिल्लाहमा निर्यात हुने गरेका छन् । बजार राम्रो हुँदा बंगुर खरिद गरी राजधानी लगायतका व्यापारीले गाउँबाटै लैजाने गरेका थिए ।  व्यवसायीहरूले उन्नत जातका योर्कसायर, हेमसायर, पाख्रीबास कालो बंगुर तथा स्थानीय रैथाने जातका च्वाँचे पाल्ने गरेका छन् ।

स्थानीय सरकारले बंगुर व्यवसायीहरुलाई उन्नत जातका बेफा तथा अनुदान दिँदै आएको छ । युवाहरूको आकर्षण बंगुरपालनमा भए पनि बजार अभावका कारण किसान चिन्तित बनेका छन् । स्थानीय बजारमा मासु खपत भए पनि पाठापाठी बिक्री नहुनु किसानको लागि समस्या भैरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ