2026-07-28 04:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयद्वारा रोमानिया जाने कामदारको सहजताका लागि ‘रोमानियन मिशन’ स्थापना

भदौ १०, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उदेश्यले ‘रोमायिन मिशन’ स्थापना गरेको छ । 

काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रुपमा रोमानियन मिशन स्थापना गरिएको मन्त्रालयले जनाएको छ । 

‘नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेको रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भीषा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौंस्थित श्रम तथा रोजगार कार्यालय, ताहाचलको परिसरमा अस्थायी रुपमा रोमानिया मिशन स्थापना गरिएको छ,’ मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् । 

रोमानियाको भिसा लिन भारतको नयाँदिल्लीस्थित रोमानियाको दूतावास जानु पर्ने र त्यहाँ जाँदा कामदराको धेरै रकम खर्च हुने भएकोले समस्या समाधान गर्न रोमानिया मिशन स्थापना गरिएको उनले जनाए । 

‘मिशनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहाने नेपाली नागरिकहरुको भीसा आवेदन प्रक्रियाको सहजिकरण गर्नेछ,’ प्रवक्ता घिमिरेले भने, ‘रोमानिया मिशनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ ।’ 

वैदेशिक रोजगारीको सन्दर्भमा रोमानिया जान चाहनलेले मिशनले तोकेको भीसा शुल्कबाहेक कहिँकतै कुनै प्रकारको रकम नबुझाउन उनले अनुरोध गरेका छन् । उनले अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सबैलाई अनुरोध गरेका छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा