२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

अनुहारमा चमक ल्याउन चाहानुहुन्छ , यी हुन् घरेलु उपाय

२३ भाद्र २०७९, बिहीबार ०५:१४

काठमाडौँ | सफा, दागरहित तथा चम्किलो अनुहार कसलाई मन पर्दैन होला ? तर, आजको व्यस्तताले भरिएको जिन्दगीमा हामी आफ्नो छालामा पर्याप्त ध्यान दिन पाउ“दैनौं । जसका कारण छाला मृत तथा रुखो देखिन थाल्छ । तनाव, प्रदूषण तथा तनावको सोझो प्रभाव हाम्रा छालामा नै देख्न सकिन्छ । त्यसैले हामीले हाम्रो छालाको चमकलाई बचाउन धेरै कुरामा ध्यान दिनु पर्छ ।


महंगा सौन्दर्य प्रशाधनदेखि लिएर उपचारमा समेत थुप्रै पैसा खर्च गर्छौं । यद्यपि, त्यसबाट पनि अपेक्षित फाइदा नपुग्न सक्छ । यस्तो अवस्थामा यदि तपाईंले घरेलू उपायहरु अपनाउनु भयो भने तपाईंले तुरुन्त त्यसको प्रभाव देख्न पाउने हुनेछ र त्यसका लागि धेरै पैसा खर्च पनि गर्नु पर्दैन ।

दूध तथा मह

घरमा नै बनाउन सकिने यो फेस मास्कले न केवल तपाईंको छालालाई रुखो बनाउँछ, यसका साथै त्यसले अतिरिक्त चिल्लोपनालाई समेत हटाउ“छ । त्यसका लागि तपाईंले दूध तथा महको फेस प्याक बनाउनु पर्छ । दूध र महलाई मिसाएर अनुहारमा लगाउनु पर्छ र दश मिनेटसम्म त्यसै छाड्नु पर्छ । त्यसपछि सफा पानी अनुहार हुनुपर्छ ।

गुलाव जल र मुल्तानी मिट्टी

तपाईंले मुल्तानी मिट्टीमा गुलाव जल मिसाएर पेस्ट बनाउनु पर्छ । त्यसलाई करिव दश मिनेट सम्म अनुहारमा लगाएर सफा पानीले धुनु पर्छ । उक्त फेस प्याकले तपाईंको छालामा भएको अतिरिक्त तेल हट्छ र तपाईंको छाला फ्रेस देखिन्छ ।

कागती, मह र घीउ कुमारी

कागती, मह र घीउ कुमारी छालाको लागि निकै नै फाइदाजनक हुन्छन् । यी तीन चिजहरुलाई मिसाएर पेस्ट बनाउनु पर्छ र आफ्नो अनुहारमा लगाउनु पर्छ । यसले तपाईंको रुखो छालामा चमक ल्याउन सहयोग गर्छ ।

मह, बेसार र ओट्स

मह, बेसार र ओट्सलाई मिसाएर पेस्ट बनाउनु पर्छ र अनुहारमा लगाउनु पर्छ । उक्त पेस्ट अनुहारमा सुकेपछि सफा पानीले धुनु पर्छ । यो फेस प्याकले तपाईंको अनुहार केही समयमै चम्किलो मात्र देखिंदैन, फ्रेस र स्वस्थ पनि देखिन्छ ।

गोलभेंडा र मह

गोलभेंडाले छालालाई टाइट बनाउने र महले त्यसलाई चम्काउने काम गर्दछ । जब यी दुबै चिजलाई एकै ठाउँमा ल्याएर अनुहारमा लगाइन्छ, त्यसले अनुहारलाई आकर्षक बनाउँछ । एक चम्चा गोलभेंडाको रसमा एक चम्चा मह मिसाउनु पर्छ । त्यसपछि उक्त पेस्ट अनुहारमा लगाउनु पर्छ । रातभरी त्यत्तिकै राखेर बिहान सफा पानीले धुनु पर्छ । तपाईं आफ्नो अनुहारमा आएको परिवर्तन देखेर आश्चर्य मान्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने