2026-09-18 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

अनुहारमा चमक ल्याउन चाहानुहुन्छ , यी हुन् घरेलु उपाय

काठमाडौँ | सफा, दागरहित तथा चम्किलो अनुहार कसलाई मन पर्दैन होला ? तर, आजको व्यस्तताले भरिएको जिन्दगीमा हामी आफ्नो छालामा पर्याप्त ध्यान दिन पाउ“दैनौं । जसका कारण छाला मृत तथा रुखो देखिन थाल्छ । तनाव, प्रदूषण तथा तनावको सोझो प्रभाव हाम्रा छालामा नै देख्न सकिन्छ । त्यसैले हामीले हाम्रो छालाको चमकलाई बचाउन धेरै कुरामा ध्यान दिनु पर्छ ।

महंगा सौन्दर्य प्रशाधनदेखि लिएर उपचारमा समेत थुप्रै पैसा खर्च गर्छौं । यद्यपि, त्यसबाट पनि अपेक्षित फाइदा नपुग्न सक्छ । यस्तो अवस्थामा यदि तपाईंले घरेलू उपायहरु अपनाउनु भयो भने तपाईंले तुरुन्त त्यसको प्रभाव देख्न पाउने हुनेछ र त्यसका लागि धेरै पैसा खर्च पनि गर्नु पर्दैन ।

दूध तथा मह

घरमा नै बनाउन सकिने यो फेस मास्कले न केवल तपाईंको छालालाई रुखो बनाउँछ, यसका साथै त्यसले अतिरिक्त चिल्लोपनालाई समेत हटाउ“छ । त्यसका लागि तपाईंले दूध तथा महको फेस प्याक बनाउनु पर्छ । दूध र महलाई मिसाएर अनुहारमा लगाउनु पर्छ र दश मिनेटसम्म त्यसै छाड्नु पर्छ । त्यसपछि सफा पानी अनुहार हुनुपर्छ ।

गुलाव जल र मुल्तानी मिट्टी

तपाईंले मुल्तानी मिट्टीमा गुलाव जल मिसाएर पेस्ट बनाउनु पर्छ । त्यसलाई करिव दश मिनेट सम्म अनुहारमा लगाएर सफा पानीले धुनु पर्छ । उक्त फेस प्याकले तपाईंको छालामा भएको अतिरिक्त तेल हट्छ र तपाईंको छाला फ्रेस देखिन्छ ।

कागती, मह र घीउ कुमारी

कागती, मह र घीउ कुमारी छालाको लागि निकै नै फाइदाजनक हुन्छन् । यी तीन चिजहरुलाई मिसाएर पेस्ट बनाउनु पर्छ र आफ्नो अनुहारमा लगाउनु पर्छ । यसले तपाईंको रुखो छालामा चमक ल्याउन सहयोग गर्छ ।

मह, बेसार र ओट्स

मह, बेसार र ओट्सलाई मिसाएर पेस्ट बनाउनु पर्छ र अनुहारमा लगाउनु पर्छ । उक्त पेस्ट अनुहारमा सुकेपछि सफा पानीले धुनु पर्छ । यो फेस प्याकले तपाईंको अनुहार केही समयमै चम्किलो मात्र देखिंदैन, फ्रेस र स्वस्थ पनि देखिन्छ ।

गोलभेंडा र मह

गोलभेंडाले छालालाई टाइट बनाउने र महले त्यसलाई चम्काउने काम गर्दछ । जब यी दुबै चिजलाई एकै ठाउँमा ल्याएर अनुहारमा लगाइन्छ, त्यसले अनुहारलाई आकर्षक बनाउँछ । एक चम्चा गोलभेंडाको रसमा एक चम्चा मह मिसाउनु पर्छ । त्यसपछि उक्त पेस्ट अनुहारमा लगाउनु पर्छ । रातभरी त्यत्तिकै राखेर बिहान सफा पानीले धुनु पर्छ । तपाईं आफ्नो अनुहारमा आएको परिवर्तन देखेर आश्चर्य मान्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया