भदौ २८, पर्वत | पर्वतमा एक नगरपालिकासहित सात गाउँपालिका बनाईनुपर्ने निर्णय जिल्लाका राजनीतिक दल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, पर्वत | पर्वतमा एक नगरपालिकासहित सात गाउँपालिका बनाईनुपर्ने निर्णय जिल्लाका राजनीतिक दल"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

पर्वतमा एक नगरपालिकासहित सात गाउँपालिका रहने राजनीतिक दलको निर्णय

२८ भाद्र २०७३, मंगलवार ०६:१७

भदौ २८, पर्वत | पर्वतमा एक नगरपालिकासहित सात गाउँपालिका बनाईनुपर्ने निर्णय जिल्लाका राजनीतिक दलहरुबाट भएको छ । सात गाउँपालिका बनाउने निर्णय आईतवार राती अवेरसम्म भएको राजनीतिक दलहरुको जिल्ला प्रतिनिधिहरुको छलफलबाट हुन गएको बुझिएको छ । राज्य पुनःर्सरचना आयोगको निर्देशिकामा भने पर्वतलाई ६ वटासम्म गाउँपालिका बनाउन सकिने उल्लेख छ ।

निर्देशिकामा उल्लेख गरेको संख्यामा भन्दा बढी गाउँपालिकाको संख्या यहाँका राजनीतिक दलहरुले तोकेका हुन् । राजनीतिक दलहरुले गरेको निर्णय स्थानिय प्राविधिक सहयोग समितिलाई बुझाइ सकिएको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कृष्ण प्रसाद पराजुलीले बताए । समितिले पुर्नसंरचनाको संख्यालाई थपघट गर्न सक्ने राजनीतिक दलका एक प्रतिनिधिले बताए । आयोगको निर्देशिकामा ८ वटा गाविस बराबर १ गाउपालिका हुने भन्ने    छ । 

जिल्लामा तोकिएका गाउँपालिकाहरुमा उत्तरतिरको गाउँपालिका बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाइरिङ, नाङलीबाङब, बनौं गाविसलाई जोडेर बनाइएको छ । दोस्रोमा उत्तरपूर्वका गाविसहरु भूकताङले, क्याङ, देउराली, देउपुर, बाजुङ, तिलाहार, चित्रे, राम्जा छन् । तेस्रोमा साविक कुश्मा नगरपालिका र यससँग जोडिनेमा ठुलीपोखरी, खौलालाकुरी, आर्थर छन् । चौथो गाउँपालिका बन्नका लागि कार्कीनेटा, थापाठाना, शंखरपोखरी, मुडिकुवा, खानीगाउँ, देवीस्थान, लिमीठाना, ठानामौला, भँगरा र कुर्घा गाविसका १, २, ३, ४, ५, ६, ९ वडाहरुलाई मिलाइएको छ । पाचौ गाउँपालिका अन्तर्गत पाङराङ, बाच्छा, बर्राचौर, रानीपानी, वहाँकी, उराम, शालिग्राम गाविस समाहित गरिएको छ ।त्यसैगरी छैठौ गाउँपालिका बनाउन टकलाक, त्रिवेणी, बेहुलीबास, सरौखोला, भोर्ले गाविसलाई समायोजन गरेको पाइन्छ । सातौ गाउँपालिकामा कुर्घाका ७, ८ वडाहरु र फलामखानी, लुंखु, पाखापानी, बालाकोट, भोक्सिङ, होश्राङ्दी रहने छन् ।

गाउँपालिकाको  भौगोलिक सिमांकन राजनीतिक दलहरुले सात वटा गरेपनि तिनीहरुको नामांकन भने अझै टुंगो लागेको छैन ।राजनीतिक दलहरुको निर्णयलाई जिल्ला विकास अधिकारीको संयोजकत्वमा रहेको स्थानीय पुर्नसंरचना प्राविधिक सहयोग समितिमा अध्ययन र परामर्शका लागि पठाइएको छ । पहिलो पर्वतमा ४७ गाविस भएपछि ६ वटा गाउपालिका हुने पर्ने थियो । केही राजनीतिक व्यक्तिको स्वार्थ र पुरानो बजार केन्द्रको अस्तित्व जोगाउने बहानामा गाउँपालिकाको संख्या वृद्धि गर्नु परेको चर्चा छ ।आयोगले दिएको निर्देशिका विपरित गाउँपालिकाको संख्या बढी तोकेका कारण जिल्ला प्राविधिक समितिलाई मुश्किल पर्ने देखिन्छ । प्राविधिक समितिका अनुसार दलको निर्णय आयोगमा पठाउने तयारी     गरेको छ तर उक्त निर्णय अनुसार आयोगले स्वीकार गर्छ भन्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत