ललित बोहरा/भदौ २८, डडेल्धुरा । सुदूरपश्चिमका तीन वटा ठाउँमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने भएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ २८, डडेल्धुरा । सुदूरपश्चिमका तीन वटा ठाउँमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने भएका छन् । 

२०८३, १७ जेष्ठ आईतवार
कन्चनपुर - KNC

सुदूरपश्चिमका तीन ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा आउने

२०७३, २८ भाद्र मंगलवार ०७:२९

ललित बोहरा/भदौ २८, डडेल्धुरा । सुदूरपश्चिमका तीन वटा ठाउँमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने भएका छन् । 

मुख्य चाँडपर्वहरुको समयमा सुपथ मुल्यमा खाद्य सामग्री उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकारले बिभिन्न स्थानमा सुपथ मुल्यका पसल सञ्चालन गर्दै आईरहेको छ । दशैंतिहारलाई लक्षित गर्दै असोज १ गते देखि देशका विभिन्न स्थानमा सञ्चालनमा आउने सुपथ मुल्यका पसलहरु सुदूरपश्चिमका तीन ठाउँमा मात्र सञ्चालनमा आउनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेयका अनुसार यस बर्ष विकास क्षेत्रको पहाडि जिल्ला डडेल्धुराको तुफानडाँडा, डोटीको दिपायल र बैतडीको गोठालापानीमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने छन् । 

उहाँका अनुसार केन्द्रबाट मङगलबार धनगढी कार्यालयमा ती स्थानहरुमा पसल सञ्चालनमा आउने पत्र प्राप्त भएको छ । उक्त पत्र अनुसार सुदूरपश्चिमका पहाडि क्षेत्रको बजारमा प्रतिकिलो ९० रुपैयाँ पर्ने चिनी सुपथ मुल्यका पसलमा ७९ रुपैयाँमा पाईने छ भने प्रति किलो २० रुपैयाँ बजार मुल्य रहेको नून १६ रुपैयाँमा पाईनेछ । 

एक जना उपभोक्ताले चिनी ६ किलो मात्रै लिन पाउने र नून ३ किलो मात्रै लिन पाउने उहाले जानकारी दिएका छन् । साल्ट ट्रेडिङका डिपोहरुमा नै ती पसलहरु सञ्चालनमा आउनेछन् । यता नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीका प्रमुख डिल्लीराज लम्सालका अनुसार भने संस्थानलाईसुपथ मुल्य पसलमा खाद्य बस्तु बिक्रि गर्ने बारेको पत्र अझैँ आई पुगको छैन । 

असोज १ देखि खुल्ने सुपथ मूल्यका पसल कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी