ललित बोहरा/भदौ २८, डडेल्धुरा । सुदूरपश्चिमका तीन वटा ठाउँमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने भएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ २८, डडेल्धुरा । सुदूरपश्चिमका तीन वटा ठाउँमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने भएका छन् । 

२८ मंसिर २०८२, शनिबार
कन्चनपुर - KNC

सुदूरपश्चिमका तीन ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा आउने

२८ भाद्र २०७३, मंगलवार ०७:२९

ललित बोहरा/भदौ २८, डडेल्धुरा । सुदूरपश्चिमका तीन वटा ठाउँमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने भएका छन् । 

मुख्य चाँडपर्वहरुको समयमा सुपथ मुल्यमा खाद्य सामग्री उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकारले बिभिन्न स्थानमा सुपथ मुल्यका पसल सञ्चालन गर्दै आईरहेको छ । दशैंतिहारलाई लक्षित गर्दै असोज १ गते देखि देशका विभिन्न स्थानमा सञ्चालनमा आउने सुपथ मुल्यका पसलहरु सुदूरपश्चिमका तीन ठाउँमा मात्र सञ्चालनमा आउनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेयका अनुसार यस बर्ष विकास क्षेत्रको पहाडि जिल्ला डडेल्धुराको तुफानडाँडा, डोटीको दिपायल र बैतडीको गोठालापानीमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने छन् । 

उहाँका अनुसार केन्द्रबाट मङगलबार धनगढी कार्यालयमा ती स्थानहरुमा पसल सञ्चालनमा आउने पत्र प्राप्त भएको छ । उक्त पत्र अनुसार सुदूरपश्चिमका पहाडि क्षेत्रको बजारमा प्रतिकिलो ९० रुपैयाँ पर्ने चिनी सुपथ मुल्यका पसलमा ७९ रुपैयाँमा पाईने छ भने प्रति किलो २० रुपैयाँ बजार मुल्य रहेको नून १६ रुपैयाँमा पाईनेछ । 

एक जना उपभोक्ताले चिनी ६ किलो मात्रै लिन पाउने र नून ३ किलो मात्रै लिन पाउने उहाले जानकारी दिएका छन् । साल्ट ट्रेडिङका डिपोहरुमा नै ती पसलहरु सञ्चालनमा आउनेछन् । यता नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीका प्रमुख डिल्लीराज लम्सालका अनुसार भने संस्थानलाईसुपथ मुल्य पसलमा खाद्य बस्तु बिक्रि गर्ने बारेको पत्र अझैँ आई पुगको छैन । 

असोज १ देखि खुल्ने सुपथ मूल्यका पसल कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ