१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट घर फर्कन आवश्यक पर्ने एक्जिट भिसाबारे जानै पर्ने कुरा

५ आश्विन २०७९, बुधबार १०:४२

असोज ५, काठमाडौँ | तपाईँ साउदीबाट स्वदेश फर्कन्न चाहनुहुन्छ तर कम्पनीले एक्जिट भिसा (बहिर्गमन भिसा) नदिएर अप्ठेरोमा पर्नु भएको छ । यदि त्यसो हो भने साउदीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्नुहोस् । दूतावासले यस्तो भिसाको प्रक्रिया निःशुल्क गरिदिन्छ । तर त्यसका लागि विभिन्न सर्त भने पूरा भएको हुनु पर्नेछ । 

इकामा(साउदीको आवासीय अनुमति पत्र)को म्याद सकिएको तीन महिनाभन्दा बढी भइसहेको भएमा वा साउदी पुगेको तीन महिनाभन्दा बढी समयसम्म पनि तपाईँको कम्पनीले इकामा नबनाइदिएमा र हुरुब लागेका व्यक्तिहरूको दूतावासले तपाईँको स्वदेश फिर्तीका लागि दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिन्छ ।


तर इकामाको म्याद भएका व्यक्तिहरूको भने एक्जिट भिसाको प्रक्रिया गर्न नमिल्ने दूतावासले जनाएको छ । यसका साथै कुनै मुद्दा लागेको छ वा जरिवाना तोकिएको छ भने पनि मुद्दाको छिनोफानो नभएसम्म र तोकिएको जरिवाना नतिरेसम्म दूतावासले यस्तो भिसाको प्रक्रिया गरिदिन मिल्दैन ।

पछिल्लो समय साउदीमा विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदीको आवासीय अनुमति पत्र नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिएर सहजीकरण गरिरहेको छ ।

पछिल्लो समय १५ सेप्टेम्बरसम्म मात्रै ५८ जना नेपालीले यस्तो भिसा दूतावासकै पहलमा पाएका छन् । दूतावासको पहलमा एक्जिट भिसा पाएको ६० दिन अर्थात् २ महिना भित्र साउदी छाडिसक्न पर्छ । दूतावासले यस्तो प्रक्रिया गर्दा कुनै पनि शुल्क लिँदैन ।

तर एक्जिट भिसा लागेपछि नेपाल फर्कने हवाई टिकट भने व्यक्तिले नै व्यवस्था गर्न पर्छ । दूतावासले साउदीको अध्यागमनसँग समन्वय गरी एक्जिट भिसा लगाउन सहजीकरण गर्छ । एक्जिट भिसाको आवश्यक भएमा दूतावासमा गएर फारम भर्नुपर्छ । तर दूतावासले प्रक्रिया गर्दैमा यो भिसा लागिहाल्छ भन्ने पनि निश्चित हुँदैन । 

साउदीको नियम अनुसार साउदीको जुन ठाउँबाट इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाको प्रक्रिया अघि बढाउन पर्छ । त्यस कारण आफ्नो इकामा कहाँबाट बनेको हो भन्ने जानकारी राख्न आवश्यक हुन्छ ।

साउदीको रियादबाट बनेका इकामाको एक्जिट भिसाका लागि मात्र दूतावासमा आउन आग्रह गरिएको छ भने अन्य ठाउँका बारेमा फोन मार्फत नै जानकारी लिन दूतावासले भनेको छ । दूतावासमा एक्जिट भिसाका बारेमा बुझ्न ०५०००२१४०९ र ०४५७०४५२७२ नम्बरमा सम्पर्क गर्न सकिन्छ भने जेद्दामा रहेको महावाणिज्य दूतावासमा ०५८२८१७१८८ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट