२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोमानिया रोजगार सरकारमार्फतनै निशुल्क पठाउने गरि सम्झौताको तयारी हुँदै

२०७९, ७ आश्विन शुक्रबार ०४:११

असोज ७, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया रोजगारको लागि सम्झौताको तयारी भईरहेको जनाएको छ । त्यसो त रोमानिया मात्र नभई युरोपका अन्य देशसँग श्रम सम्झौताको प्रयासमा मन्त्रालय जुटेको छ । 

सरकारले युरोपका देशहरुसँग श्रम सम्झौता गर्दा जिटूजी मोडलबाटै कामदार पठाउने गरि सम्झौता गर्ने जनाएको छ । हालसम्म सरकारले जिटूजी मोडलबाट कोरिया, इजरायल, जापान र बेलायतसँग समझदारी गरेको छ । पछिल्लो समय ठूलो संख्यामा स्वास्थ्य सेवाको लागि जनशक्ति पठाउन बेलायतसँग सम्झौता गरेको थियो । त्यस्तै सम्झौता अब रोमानियासँग हुने तयारी भएको श्रम मन्त्रालयले जानकारी दिएको छ । 

हालसालै मात्र सरकारले रोमानिया रोजगारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा तीन महिनाका लागि अस्थायी रोमानियन मिसन खडा गरेको अवस्था छ । रोमानिया रोजगारको लागि यो कार्यालय नेपालमै स्थापना भएपछि रोमानिया रोजगारको भिसा प्रक्रिया सहज भएको छ । यस अघि रोमानिया रोजगारको भिसा प्रक्रियाको लागि भारतसम्म जानुपर्ने बाध्यता हटेको छ । 

सरकारी तयारी अनुसार दशैं अघिनै रोमानियासँग श्रम सम्झौता हुने तयारी भए अनुसार जिटूजि मोडलबाटै रोमानिया जान सक्ने गरि सम्झौता भएमा त्यसका लागि आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले जिटूजी मोडलबाटै रोमानियासँग सम्झौता गर्न सके हाल रोमानिया रोजगारको लागि कम्तिमा ५ देखि ८ लाखसम्म लिने बेथितिको समेत अन्त्य हुने बताइएको छ । 

रोमानियाको राजधानी र सबैभन्दा ठूलो सहर बुखारेस्ट हो । रोमानियामा आधिकारिक रुपमा रोमानियन भाषा बोलिन्छ । यहाँ झन्डै ९० प्रतिशत रोमानियनहरु, ६ प्रतिशत हङ्गेरीयनहरु, ३ प्रतिशत रोमानीहरु र १ प्रतिशत अन्यको बसोबास छ । यहाँको साशन प्रणाली एकात्मक राष्ट्रपति प्रणालीमा आधारित छ । क्षेत्रफलको हिसावले रोमानिया नेपालभन्दा ठूलो छ । जसको क्षेत्रफल २ लाख ३८ हजार ३९७ बर्ग किमी रहेको छ । यहाँको नागरिकको प्रति व्यक्ति आय झन्डै ३० हजार अमेरिकी डलर रहेको छ । रोमानिया, मानव विकास सूचकाङ्कमा ५२औं स्थानमा रहेको छ र एउटा उच्च आय भएको अर्थव्यवस्था रहेको विकासशील देश हो । एउटा निर्माता र मेसिनको शुद्ध निर्यातक, अटोमोबाइल एनर्जी र ओएमभि पेट्रोमजस्तो कम्पनीहरु यहाँ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल