२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धादिङमा बिद्युत: सामान्य झरी-हावा-हुरीमा पनि अन्धकार, कहिले हुन्छ समाधान ?

२१ आश्विन २०७९, शुक्रबार ०४:००

असोज २१, धादिङ । ज्वालामुखी गाउपालिका सहित धादिङका धेरै स्थानमा बर्षौंदेखिको समस्या उस्तै छ । सामान्य हावाहुरी वा बर्षामा समेत बिद्युत काटिने समस्याले स्थानियहरु पीडित बन्दै आएका छन् । 

यो पटकको दशैं झरीको कारण खल्लो बन्दै गर्दा जिल्लाका अधिकांश स्थानमा घन्टौं बिद्युत काटिए । जारी मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावको कारण देशका अधिकांश स्थानमा झरी पर्दा धादिङका बिभिन्न स्थानमा बिद्युत कटौती भएको हो । जिल्लामा जोखिमपूर्ण हावाहुरी वा बर्षा नभएको सामान्य अवस्थामा समेत घन्टौं लाइन काटिदै आएको स्थानियको भोगाई छ । त्यसो त सामान्य झरीमा समेत अन्धकारमय हुनु तथा कुनै समस्या आईहाले पनि घन्टौं बिद्युत काटिनु सम्बन्धित निकायको गैरजिम्मेवारी भएको स्थानीय बताउँछन् । 

नुवाकोटको देवीघाट हुँदै धादिङमा प्रसारण भएको लाइन नेपालकै सबैभन्दा लामो बीचमा ड्रपलाइन नभएको प्रसारण लाइन भएको ज्वालामुखी गाउँपालिकाका प्रमुख यमनाथ दनैको दावी छ । देवीघाट प्रसारण लाइनबाट आएको बिद्युतमा कुनैपनि समस्या आउँदा त्यसको प्रभाव जिल्लामा पर्छ । साथै लामो लाइन भएको कारण समेत बिद्युत बिभिन्न कारण कटौती हुने गरेको छ । 

ज्वालामुखी गाउँपालिकामा बढी बिद्युत काटिने समस्याको बिषयमा स्थानियको छुट्टै आरोप छ । जिल्ला सदरमुकाम तथा सल्यानटार पट्टि बिद्युत भईरहँदा समेत ज्वालामुखी गाउँपालिका अन्धकार हुने गरेको छ । जसरी देवीघाट प्रसारण लाइन हुँदै लामो दुरी पार गर्दै धादिङबाट बिद्युत प्रसारण हुँदा समस्या छ त्यस्तै सल्यानटारदेखि आएको लाइन ज्वालामुखीसम्म आउँदा बिबिध कारण कटौती हुने गरेको छ । धादिङ सदरमुकामदेखि ८ किलोमिटर मात्रको दुरीमा रहेको ज्वालामुखी गाउँपालिकामा सदरमुकामपट्टिबाट नभई सल्यानटारदेखि लाइन जोडिएको कारण बढी बिद्युत काटिएको बुझिएको छ ।

कहिले हुन्छ समाधान ? 

धादिङमा बिद्युत काटिने समस्या अबको सातआठ महिनामा समाधान हुने ज्वालामुखी गाउँपालिका प्रमुख यमनाथ दनैले जानकारी दिए । उनका अनुसार हालको बिद्युत व्यवस्थापन दश पन्ध्र बर्ष अघिको हो । त्यसै व्यवस्थापनमा जिल्लाको बिद्युत व्यवस्थापन हुँदै आएकोले लाइन काटिने समस्या रहेको उनले बताए । दनैका अनुसार अब भने त्यसको समाधान हुने भएको छ । मलेखुमा करिब ३० करोडको लगानीमा धादिङमा बिद्युत प्रसारणको ड्रपलाइन निर्माण भई रहेको छ । उक्त ड्रपलाइन निर्माण भएपछि धादिङमा बिद्युतको लागि देवीघाटकै प्रसारणमा भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने छ । मलेखुको ड्रपलाइन निर्माणपछि देवीघाट तथा मलेखुपट्टि जता बिद्युतमा समस्या छैन त्यताबाट धादिङको बिद्युत प्रवाह हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ