2026-10-12 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धादिङमा बिद्युत: सामान्य झरी-हावा-हुरीमा पनि अन्धकार, कहिले हुन्छ समाधान ?

असोज २१, धादिङ । ज्वालामुखी गाउपालिका सहित धादिङका धेरै स्थानमा बर्षौंदेखिको समस्या उस्तै छ । सामान्य हावाहुरी वा बर्षामा समेत बिद्युत काटिने समस्याले स्थानियहरु पीडित बन्दै आएका छन् । 

यो पटकको दशैं झरीको कारण खल्लो बन्दै गर्दा जिल्लाका अधिकांश स्थानमा घन्टौं बिद्युत काटिए । जारी मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावको कारण देशका अधिकांश स्थानमा झरी पर्दा धादिङका बिभिन्न स्थानमा बिद्युत कटौती भएको हो । जिल्लामा जोखिमपूर्ण हावाहुरी वा बर्षा नभएको सामान्य अवस्थामा समेत घन्टौं लाइन काटिदै आएको स्थानियको भोगाई छ । त्यसो त सामान्य झरीमा समेत अन्धकारमय हुनु तथा कुनै समस्या आईहाले पनि घन्टौं बिद्युत काटिनु सम्बन्धित निकायको गैरजिम्मेवारी भएको स्थानीय बताउँछन् । 

नुवाकोटको देवीघाट हुँदै धादिङमा प्रसारण भएको लाइन नेपालकै सबैभन्दा लामो बीचमा ड्रपलाइन नभएको प्रसारण लाइन भएको ज्वालामुखी गाउँपालिकाका प्रमुख यमनाथ दनैको दावी छ । देवीघाट प्रसारण लाइनबाट आएको बिद्युतमा कुनैपनि समस्या आउँदा त्यसको प्रभाव जिल्लामा पर्छ । साथै लामो लाइन भएको कारण समेत बिद्युत बिभिन्न कारण कटौती हुने गरेको छ । 

ज्वालामुखी गाउँपालिकामा बढी बिद्युत काटिने समस्याको बिषयमा स्थानियको छुट्टै आरोप छ । जिल्ला सदरमुकाम तथा सल्यानटार पट्टि बिद्युत भईरहँदा समेत ज्वालामुखी गाउँपालिका अन्धकार हुने गरेको छ । जसरी देवीघाट प्रसारण लाइन हुँदै लामो दुरी पार गर्दै धादिङबाट बिद्युत प्रसारण हुँदा समस्या छ त्यस्तै सल्यानटारदेखि आएको लाइन ज्वालामुखीसम्म आउँदा बिबिध कारण कटौती हुने गरेको छ । धादिङ सदरमुकामदेखि ८ किलोमिटर मात्रको दुरीमा रहेको ज्वालामुखी गाउँपालिकामा सदरमुकामपट्टिबाट नभई सल्यानटारदेखि लाइन जोडिएको कारण बढी बिद्युत काटिएको बुझिएको छ ।

कहिले हुन्छ समाधान ? 

धादिङमा बिद्युत काटिने समस्या अबको सातआठ महिनामा समाधान हुने ज्वालामुखी गाउँपालिका प्रमुख यमनाथ दनैले जानकारी दिए । उनका अनुसार हालको बिद्युत व्यवस्थापन दश पन्ध्र बर्ष अघिको हो । त्यसै व्यवस्थापनमा जिल्लाको बिद्युत व्यवस्थापन हुँदै आएकोले लाइन काटिने समस्या रहेको उनले बताए । दनैका अनुसार अब भने त्यसको समाधान हुने भएको छ । मलेखुमा करिब ३० करोडको लगानीमा धादिङमा बिद्युत प्रसारणको ड्रपलाइन निर्माण भई रहेको छ । उक्त ड्रपलाइन निर्माण भएपछि धादिङमा बिद्युतको लागि देवीघाटकै प्रसारणमा भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने छ । मलेखुको ड्रपलाइन निर्माणपछि देवीघाट तथा मलेखुपट्टि जता बिद्युतमा समस्या छैन त्यताबाट धादिङको बिद्युत प्रवाह हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी