१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उजुरीबारे समयमा जवाफ नदिने म्यानपावर व्यवसायीलाई कारवाही गर्ने विभागको चेतावनी

२७ आश्विन २०७९, बिहीबार ०५:४७

असोज २७, काठमाडौं | म्यानपावर व्यवसायी विरुद्ध वैदेशिक रोजगार विभागमा परेका उजुरीबारे समयमा नै जवाफ नदिए कारवाही गर्ने वैदेशिक रोजगार विभागले चेतावनी दिएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त संस्थाको विरुद्व विभागमा दर्ता भएका उजुरीबारे विभागवाट गरिने पत्राचार, आदेश तथा निर्देशनको केहि इजाजतपत्रवाला संस्थाले अटेर गरेको भन्दै विभागले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो चेतवानी दिएको हो ।

उजुरीको विषयमा माग गरिएको प्रमाणसहितको जवाफ तोकिएको समय भित्र पेश नहुँदा विभागले समयमै उजुरी फछ्यौट नसकेको भन्दै आफ्नो संस्था विरुद्व विभागमा दर्ता भएका उजुरी तत्काल फछ्यौट गरी व्यवसायिक कर्तव्य पुरा गरेर वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने कार्यमा सहजिकरण गर्न विभागले यस्तो आग्रह गरेको हो ।

‘वैदेशिक रोजगार ऐन,२०६४ र यस ऐन अन्तर्गत बनेको नियम, आदेश वा निर्देशनको पूर्ण पालना गर्नु हुन सम्बन्धित सवैमा सूचित गरिन्छ । अन्यथा वैदेशिक रोजगार ऐन,२०६४ को दफा ५४ बमोजिम कारबाही भई जाने व्यहोरा समेत सम्बन्धित सवैमा सूचित गरिन्छ ।’ विभागका निर्देशक एवम सूचना अधिकारी कृष्णप्रसाद भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

नेपाल सरकारबाट वैदेशिक रोजगारका लागि खुला गरिएका श्रम गन्तव्य मुलुकमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली,२०६४ को प्रावधान बमोजिम कामदार छनौटका प्रकृया पुरा गरी श्रम गन्तव्य मुलुकमा कामदार पठाउने प्रयोजनका लागि म्यानपावर व्यवसायी विभागमा दर्ता भएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर