१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन’

२८ आश्विन २०७९, शुक्रबार ०५:२४

असोज २८, काठमाडौं | निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने’ कुनै पनि निर्णय नभएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गरी केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै यस संस्थाबाट आधिकारिक रूपमा नेपाल प्रशिक्षार्थी कामदार पठाउने कुनै पनि निर्णय नभएको जानकारी दिएको हो ।


महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा केही सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको दाबी गर्दै महासंघले यो विज्ञप्तिमार्फत सबैमा प्रस्ट पारेको जनाएको छ ।

दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा महासंघले कुनै पनि निर्णय नगरेको दाबी गर्दै महासंघले यस्ता भ्रामक समाचारको पछि नलाग्न पनि सम्बन्धित सबैमा जानकारी गराएको जनाएको छ ।

यसरी, प्रशिक्षार्थी कामदार पठाउने विषयमा महासंघको कुनै पनि कार्यक्रम नरहेको तथा आफ्ना कुनै पनि सदस्यलाई आग्रहसमेत नगरेको महासंघद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर