३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

रातो मासु स्वास्थ्यका लागि हानिकारक छ वा फाइदाजनक ? हटाउनुस् आफ्नो भ्रम

३० आश्विन २०७९, आईतवार ०९:२१

काठमाडौँ | नेपालमा मांसाहारी बीच रातो मासु निकै लोकप्रिय छ र यो धेरैजसो मांसाहारी दैनिक खान्कीको हिस्सा पनि बनेको छ । यद्यपि, कतिले यसलाई स्वास्थ्यका लागि राम्रो मान्ने गरेका छन् भने धेरैले नराम्रो पनि भन्ने गरेका छन् । यसै कारण रातो मासुको शरीरमा पर्ने प्रभावको विषयमा धेरैजसो अनुसन्धान भइरहन्छन् । यो खबरमा पनि हामी तपाईंलाई यसले स्वास्थ्यमा पार्ने प्रभावमाथि भएको एक नयाँ अनुसन्धानको जानकारी दिनेछौँ जसले रातो मासुको विषयमा तपाईंको आशंका हट्नेछ ।

के हो रातो मासु ?

रातो मासु स्तनधारी प्रजातिको मासुलाई भन्ने गरिन्छ जसमा राँगा, सुँगुर, भेडा आदि समावेश हुन्छ । यसमा प्रोटिन, आइरन, जिंक, भिटामिन डी र ओमेगा–थ्री फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ जुन शरीरका लागि निकै महत्वपूर्ण छन्न । यसमा भारी मात्रामा फ्याट र कोलेस्ट्रोल पनि पाइन्छ जसले ब्लड सुगर, मुटु रोग, मोटोपना र विभिन्न प्रकारका रोगलाई निम्तो दिन्छ ।


अमेरिकाको एक अनुसन्धान टोलीले मानिसमाथि अनुसन्धान गरेर रातो मासुको विषयमा भिन्न–भिन्न आशंका हटाउने कोसिस गरेको छ ।

अनुसन्धानमा भेटियो यस्तो नतिजा

अमेरिकास्थित इस्टिच्युट फर हेल्थ मेट्रिक्स इभ्यालुएशनले त्यहाँका १८० इलाकाका मानिसमाथि भएको अनुसन्धानको विश्लेषण गरेर अनप्रोसेस्ड रातो मासुको बढी सेवनको स्ट्रोकसँग कुनै बलियो सम्बन्ध नपाइएको बताएको छ । यसको अर्थ यो हो कि यदि कुनै व्यक्तिले अनप्रोसेस्ड रातो मासु सधैँ खान्छ भने उसलाई स्ट्रोकको खतरा हुन्छ नै भन्ने हुँदैन ।

यो अनुसन्धान टोलीले धुम्रपान, रातो मासु र सागसब्जीबाट शरीरमा पर्ने भिन्न–भिन्न असरबारे अनुसन्धान गर्यो र यतिबेला प्राप्त नतिजालाई एकदेखि पाँचको रेटिङमा बाँडियो । यतिबेला समूहले धेरै मात्रामा अनप्रोसेस्ड रातो मासु खाँदा स्ट्रोकको खतरालाई एक स्टार दियो जसको अर्थ यो हो कि अनप्रोसेस्ड रातो मासुको स्ट्रोकसँग कुनै सम्बन्ध पाइएन ।

यस्तै, रातो मासु खाँदा पेटको क्यान्सर, स्तन क्यान्सर, मुटु रोग र हृदयघातकोजोखिमलाई दुई स्टारको रेटिङ दिइयो ।

अनुसन्धानले स्पष्ट पार्यो, धुम्रपान स्वास्थ्यको दुश्मन

धुम्रपान र फोक्सोको क्यान्सर बीचको जोखिमलाई सबैभन्दा बढी पाँच रेटिङ दिइयो । यतिबेला उच्च रक्तचाप र मुटु रोगबीच पनि यही सम्बन्ध पाइयो । अनुसन्धानको टोलीले यो निष्कर्ष निकै ठोस् भएको र भविष्यमा यो परिवर्तन हुने सम्भावना नभएको स्पष्ट पारेको छ ।

यद्यपि, अनुसन्धानमा रातो मासुजस्ता थुप्रै खानपानका चिजले स्वास्थ्यमा पर्ने प्रभावले एक वा दुई रेटिङ मात्रै पायो जसको अर्थ यो हो कि यी चिजमार्फत् रोग बढ्ने खतरामा खास ठोस् प्रमाण भेटिएका छैनन् र यो मानिसहरुको आमा धारणाको विपरित छ ।

अनुसन्धान टोली पनि अचम्मित

आईएचएमईका निर्देशक तथा नेचर मेडिसिन जर्नलमा प्रकाशित थुप्रै ‘बर्डन अफ प्रुफ’ अध्ययनका वरिष्ठ लेखक क्रिस्टोफर मरेले भने, ‘निष्कर्ष हाम्रो सोचभन्दा भिन्न पाएर हामी ठूलै अचम्ममा पर्यौँ । आजकाल  जो पनि नयाँ–नयाँ अनुसन्धान भन्दै त्यसलाई सटिक मानेर अनुसरण गर्न थाल्छन्, भलै ती निष्कर्ष पूर्ण रुपमा ठोस् नहुन् ।’

तरकारीमा के निष्कर्ष पाइयो ?

यो अनुसन्धानमा अनुसन्धानकर्ताले धेरै तरकारी खाँदा स्वास्थ्यमा पार्ने असरको अनुसन्धानका लागि ३४ देशमा ४६ मानिसमाथि ५० अध्ययन गरे ।

आइएचएमईमा महामारी वैज्ञानिक तथा यो अनुसन्धानका सह–लेखक जेफरी स्टेनवेले भने, ‘हामीले अनुसन्धानमा मानिसको खान्कीमा सब्जीको मात्रा शून्यबाट बढाएर हप्तामा चार दिन गर्यो जसमा उनीहरुको मुटु रोगको जोखिममा २३ प्रतिशतको कमी आयो । यसलाई तीन स्टारको रेटिङ दिइएको छ । अनुसन्धानमा के पनि पाइयो भने बढीभन्दा बढी सागसब्जीको सेवनले पुराना रोगलाई काम गर्ने गर्छ । यद्यपि, सागसब्जी र टाइप टु मुधेमेह बीचको सम्बन्धलाई यो अनुसन्धानमा एउटा स्टार रेटिङ मात्रै दिइएको छ ।

जेफरी स्टेनवेले थपे, ‘सागसब्जीको सेवन पुरानो रोगको जोखिमलाई कम गर्नेसँग सम्बन्धित छ भन्ने कुरामा कुनै शंका छैन ।’

यस्तै, यो अनुसन्धानमा बेलायतको एस्टन युनिभर्सिटीका डायटिशियन डुएन मेलोरले पनि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने, ‘रातो मासुको विषयमा गरिएको अनुसन्धानको नतिजा आश्चर्यजनक छैन किनभने यी अनप्रोसेस्ड मासुमा केन्द्रीत थिए । वास्तवमा प्रोसेस्ड थुप्रै रोगसँग सम्बन्धित छ जसबारे यो अनुसन्धानमा कुरा गरिएको छैन ।’

आइएचएमईले भनेको छ, ‘हामीलाई आशा छ कि नयाँ अनुसन्धानको नतिजाले मानिसहरु र नीति निर्माताको आशंकालाई हटाउन र उनीहरुलाई आफ्नो खानपानप्रति उत्कृष्ट तरिकाले मार्गदर्शन गर्ने काम गर्नेछ । ’

यो अनुसन्धान टोलीले यसबाहेक पनि अन्य खाद्य पदार्थ र रोग बीचको सम्बन्धको विषयमा विभिन्न प्रकारको मेडिकल अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड