जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुस"/>

2026-06-20 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पामा महबाट डेढ करोड आम्दानी

भदौ २९, पाल्पा । जिल्लामा मह बिक्रीबाट आव २०७२/७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो । आव २०७१÷७२ मा जिल्लामा २७।५ मेट्रिक टन मह उत्पादन भएको थियो । गत आवमा किसानले मौरीको घारमा गोला विभाजन गरेका कारण मह उत्पादनमा कमी आएको यादवको भनाइ छ । 

पछिल्लो समय कार्यालयले मह उत्पादन वृद्धि गर्ने उद्देश्यले मौरी घार अनुदानमा किसानलाई उपलब्ध गराउँदै आएको छ । अनुदान उपलब्ध भएपछि उनीहरु मौरीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला मौरी गोलासहित बिक्री गर्दा अत्यधिक फाइदा हुने देखेपछि किसानले मौरी गोला उत्पादनलाई प्राथमिकमता दिएको बताउनुहुन्छ । 

जिल्लाका बराङ्दी, खानिगाउँ, मदनपोखरा र रामपुर नगरपालिका क्षेत्र मुख्य गरी मौरी उत्पादनको पकेट क्षेत्र मानिन्छन । कृषि विकास कार्यालयले आव २०७१÷७२ मा ६४० गोलासहित र २०० खाली घार, आव २०७२÷७३ मा २२० गोलासहित र २०० खाली घार वितरण गरेको थियो । आव २०७३÷७४ मा १५० गोलासहित र १५० खाली घार वितरण गर्ने कार्यक्रम रहेको वरिष्ठ कृषि विकास अधिकृत कोइरालाले बताउनुभयो । 

जिल्लामा गोलासहित रु पाँच हजार ५०० र खालीघार रु दुई हजार ७०० मा बिक्री भइरहेको छ । किसानले मौरी गोलासहित बिक्री गर्न थालेपछि जिल्लामा सोचेअनुसार मह उत्पादन हुन नसकेको बताइएको छ । किसानले कम्तीमा १०० भन्दा बढी घारमा मौरी पालेर एक घारबाट सात किलोदेखि १२ किलोसम्म मह उत्पादन गरिरहेका छन् । जिल्लामा अहिले सरदरमा प्रतिकिलो रु ६०० मा मह बिक्री भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ