१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया पठाउने भन्दै ४१ लाख बढी असुल्ने मेनपावर कम्पनीमा विभागको छापा

२ कार्तिक २०७९, बुधबार ११:०७

कात्तिक २, काठमाडौँ | बैदेशिक रोजगारको लागि इजाजत पत्र प्राप्त संस्था द रिभर ओभरसिज प्रा. लि.(इजाजत पत्र नं. ४०६/०६०/०६१) र देवान कन्सल्ट्यान्टल प्रा. लि.(इजाजत पत्र नं. ८४१/०६६/०६७) ले मलेसिया पठाउने भन्दै १९ जना कामदारबाट ४१ लाख ४३ हजार रूपैयाँ असुल गरेको भन्ने उजुरीको आधारमा विभागले छापा मारेको हो । छापा मारेर कामदारबाट लिएको पैसा फिर्ता गर्ने र उनीहरूलाई तोकिएकै समयमा उडान गराउने सहमति गराएको छ । 

द रिभरले मलेसिया जान लागेका २० जना श्रमिकहरूलाई आफ्नो कम्पनीमार्फत पठाउन लागेको थियो । तर, त्यसका लागि श्रम स्वीकृति र भिसा देवान कन्सल्ट्यान्टमार्फत गरेको थियो । नियमअनुसार जुन कम्पनीले विदेश पठाउने सोही कम्पनीले भिसा र श्रम स्वीकृति गराउनुपर्छ ।

देवान कन्सल्ट्यान्टले भिसा र श्रम स्वीकृति लिई आजको उडान तालिका अनुसार उनीहरू विदेश पठाउने भनेको थियो । तर, त्यसको अघिल्लो दिन अर्थात १ कात्तिक दिनको करिब ४:०० बजे तिर विभागले छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।

विभागको टोली जाँदा उनीहरूलाई द रिभरको कार्यालयमा प्रस्थान पूर्वको जानकारी दिइरहेको थियो । त्यहाँ उपस्थित कामदारहरूसँग सोधपुछ तथा छलफल गर्दा १९ जना कामदारहरूबाट ४१ लाख ४३ हजार रूपैयाँ लिएको पाइएको विभागका निर्देशक तथा सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । 

दुवै मेनपावर व्यवसायीसँग छलफल गरेर कामदारहरूलाई तोकिएको समयमा उडाउन निर्देशन दिएको थियो । भने उनीहरूका आफन्तहरूलाई ३ दिनभित्रमा उक्त रकम फिर्ता गर्ने लिखित प्रतिवद्धता गराइएको निर्देशक भुसालले बताए ।

विज्ञप्ति सहित :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड