२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मृगौला पिडित लाई सहयोग

२०७३, २९ भाद्र बुधबार ११:२१

भदौ २९, पोखरा । लायन्स क्लब अफ पोखरा टुरिजम सिटी र लायन्स क्लब अफ पोखरा ब्यटि सिटीको दोस्रो संयुक्त पदस्थापन कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तमुधिं नेपालका अध्यक्ष कर्म तमु र बिशिष्ट अतिथी डिस्ट्रिक गर्भनर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले एकै घरका ४ जना मृगौला पिडितको सहयोगका लागि क्लबको तर्फबाट ११ हजार १ सय ११ को चेक हस्तान्तरण गरि उद्घाटन गरेका थिए । सोही अवसरमा डिस्ट्रिकका पुर्व गर्भनर पिएमजेएफ लायन ध्रुबबहादुर थापाले ब्यक्तिगत तर्फबाट रु १० हजार मृगौला पिडित परिवारका लागि सहयोग दिने घोषणा गरका थिए भने लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका सदस्य अर्जुन केसीले रु ३ हजार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तमुधिं नेपालका अध्यक्ष कर्म तमुले मानविय सेवाका लागि लायन्सले समाजमा पृथक काम गरेको उल्लेख गर्दै धनको पोको भएर मात्रै नहुने भन्दै समाजसेवाका लागि मनको पोको पनि फुकाउनु पर्ने बताए । डिस्ट्रिक ३२५ बि वानका गर्भनर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले छोटो समयमै दुबै क्लबले लायनबादको सिद्धान्त मुताविक समाजसेवामा अग्रणी भुमिका खेल्न सकेकोमा बधाई दिए ।

निवर्तमान डिस्ट्रिक गर्भनर पिएमजेएफ लायन ध्रुवबहादुर थापाले लायन्सले समाजको अभाव, आवश्यकतालाई चिर्दै निस्वार्थ भावनाले सेवा गर्ने हुँदा यसको मर्मलाई भर्खरै खोलिएका नया क्लबहरुले आत्मसात गरि अगाडी बढेकोमा खुसी ब्यक्त गरे । जोन ३३ का चियरपर्सन एमजेएफ लायन मिलन थापाले मृगौला पिडितका लागि क्लबको पदस्थापनका अवसरमा सहयोग प्रदान गरि सकारात्मक सन्देश प्रबाह गरेको बताए ।

उनले अशोज १० गते पोखरा सभागृहमा निशुल्क मृगौला परिक्षण तथा औषधी बितरणको शिविर आयोजना गरिएको बताउदै एकै घरका ४ जना मृगौला पिडितको सहयोगका लागि अभियान नै चलाउने बताए । पदस्थापन समारोहमा दुबै क्लबका नवनिर्वा्र्चित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई डिस्ट्रिक गर्भनरले सपथ गराएका थिए । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका लायन वर्ष २०१५–१६ का अध्यक्ष लायन प्रदिप कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा कुँवरले आफ्नो कार्यकालमा भएको बार्षिक प्रतिबेदन पेश गरेका थिए भने बर्ष २०१६–१७ का अध्यक्ष लायन सुदिप पौडेलले आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए ।

लायन्स क्लब अफ पोखरा ब्युटि सिटीका अध्यक्ष लायन चिनु गुरुङ्गले कार्यकाल दोहोर्याएकाले बार्षिक प्रतिबेदन र कार्ययोजना सुनाएका थिए । कार्यक्रममा क्लका नवप्रवेशी सदस्यको परिचय लायन्स क्लव अफ पोखरा टुरिजमका सल्लाहकार लायन किसन गिरीले दिएका थिए भने स्वागत लायन्स क्लब अफ पोखरा ब्युटी सिटीका कोषाध्यक्ष सवि शेरचन र धन्यबाद ज्ञापन लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका तृतिय उपाध्यक्ष बिनय थापाले गरेका थिए 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल