भदौ २९, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा "/>
३ कार्तिक २०८१, शनिबार
काठमाडौँ - KTM

परियोजना शीघ्र कार्यान्वयन भ्रमणको प्रमुख प्राथमिकताः प्रधानमन्त्री

२९ भाद्र २०७३, बुधबार ११:२५

भदौ २९, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि शुक्रबार जाँदै छन्। 

 नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्नेछन्। प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्नेछन्। 

 सोही दिन प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्नेछन्। राष्ट्रपति भवनमा शुक्रबार नै आयोजना हुने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन्।

 शुक्रबार बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ। 

यसअघि दिल्लीस्थित नेपाली दूतावासमा बिहीबार आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सरिक हुनेछन्। दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाललाई भारत सरकारका केही वरिष्ठ मन्त्रीले छुट्टाछुट्टै भेट्ने छन्। नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहालले त्यहाँका विद्वतवर्ग तथा व्यापारिक समुदायसँग अन्तक्र्रिया र नेपाली समुदायसँग भेटघाट गर्नेछन्।

 प्रधानमन्त्री दाहालको यस पटकको भारत भ्रमणबाट दुई देशबीच युगौंको पुरानो तथा सहयोगात्मक मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ गर्न योगदान पुग्ने विश्वास गरिएको छ।

 व्यवस्थापिका–संसद्मा भारत भ्रमणबारे आज सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री दाहालले हाम्रो प्राथमिकता धेरै विषयको उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतबीच विश्वासको निर्माण गर्ने र नेपालको हित हुने गरी यसअघि सहमतिमा पुगेका परियोजनाको प्रभावकारी र शीघ्र कार्यान्वय गर्नमा जोड दिइने बताए। 

 सहमति र छलफलका प्राथमिकता 

 भ्रमणका क्रममा हुने द्विपक्षीय बैठकमा नेपाल र भारतबीच भएको समझदारीपत्र अनुसार पहिलो चरणको हुलाकी मार्ग निर्माण कार्यको शीघ्र थालनी र दोस्रो चरणका लागि सहयोगको सम्भावनाका बारेमा प्राथमिकताका साथ कुराकानी हुने छ। 

 ऊर्जा क्षेत्रमा सहयोगको सम्बन्धमा यसअघि सम्पन्न भइसकेको ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनलगायत पन्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदन गरी अन्य कार्य आरम्भ गर्न प्रमुख प्राथमिकताका साथ पहल हुने प्रधानमन्त्रीले बताए। 

 भूकम्पपछिको पुनःनिर्माणमा भारतीय सहयोग, नेपाल– भारत सीमास्थित वीरगन्जमा एकीकृत चेकपोस्टको यथाशीघ्र निर्माण, विराटनगर, भैरहवा र नेपालगन्जमा पनि चेकपोस्ट निर्माण आरम्भ एवम् भारतका तर्फबाट घोषणा भएका सहुलियतपूर्ण ऋणको पूर्वाधारका क्षेत्रमा उपयोग गर्ने बारेमा पनि छलफल हुनेछ। 

 भारतसँगको नेपालको व्यापार घाटा कम गर्ने उपाय, गौरीफन्टा तथा दोधारा चाँदनीबाट व्यापार तथा पारवहन मार्ग सञ्चालनको सम्भावना, दुई मुलुकबीच सीमापार रेल्वे स्थापना गर्ने सम्बन्धमा भइरहेका कामको प्रगति, सीमा क्षेत्रमा देखिएका डुबान सम्बन्धी समस्याको समाधान पनि भ्रमणका बेला छलफल गर्ने गहन विषय भएको प्रधानमन्त्री दाहालल बताए। 

 पत्र आदानप्रदान 

 प्रधानमन्त्रीको भारत भ्रमणका समयमा दुबै पक्षबाट आन्तरिक निर्णयका प्रक्रिया यथासमयमा पूरा भएको अवस्थामा नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्यूरोकाबीच सहयोग सम्बन्धी समझदारी पत्र, भारतीय भूमि हुँदै बुल्क कार्गो नेपालको सीमानासम्म ल्याउने र विशाखापट्नम बन्दरगाहबाट नेपालका नाकासम्म रेल्वे सेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेल्वे सेवा सम्झौतालाई संशोधन गर्ने सम्बन्धी पत्रको आदानप्रदान गर्ने कार्य सम्पन्न हुने जनाएको छ। 

 नेपालका तर्फबाट प्रस्तुत हुँदैआएका तथा भारतीय पक्षबाट आउने प्रस्तावका सम्बन्धमा नेपालको सर्वोत्तम हित हुनेगरी छलफल एवम् समझदारी हुने प्रधानमन्त्री दाहालले बताए।

 उनले भने– ‘मेरो भ्रमणबाट दुई देशबीच विश्वासको अभिवृद्धि हुनुका साथै विगतमा भएका आर्थिक सामाजिक विकास तथा पूर्वाधार निर्माण सम्बन्धी सम्झौता एवम् सहमतिलगायत चालु परियोजनाको सफल कार्यान्वयन गर्न एवम् सहयोगका नयाँ क्षेत्रको पहिचान गर्ने तर्फ महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।’

 जलविद्युत् आयोजनाको अवलोकन 

 भारत भ्रमणको सिलसिलामा प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशस्थित नाथपा झाक्री जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै त्यहाँको औद्योगिक उत्पादन एकाइको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। 

 प्रधानमन्त्री दाहालको भ्रमण दलमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि रहनेछन्।

 प्रधानमन्त्री दाहाल भारतको मैत्रीपूर्ण राजकीय भ्रमण पूरा गरी आगामी असोज २ गते स्वदेश फर्किनेछन्। रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो