२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वायु प्रदूषणको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प

२०८१, २६ चैत्र मंगलवार ११:३४

काठमाडौँ | दैनिक ३२ उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एउटा पनि उडान भएन । आइतबार मुस्किलले आधाआधी उडान भयो । यसबाहेक सामान्य समयमा पुरानो विमानस्थलमा १० वटा नियमित उडान हुन्छ भने दर्जनौँ पटक हेलिकोप्टर उडान हुन्छ ।

मंगलबारको सेड्युल पनि ठप्प छ । छेन्दुबाट पोखरामा हुने सिचुआन एयरलाइन्सको चार्टर उडान बुधबारका लागि सरेको छ । बुधबार पनि उडान हुने ग्यारेन्टी छैन । मौसम खराबीका कारण विमानस्थलको तालिका बिग्रिएको हो ।`मौसम खराब छ । भिजिबिलिटी नै छैन,´ विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले भने, `आज पनि फ्लाइट सेड्युल ठप्प छ ।´ आजभोलि बिहानको फ्लाइट लगभग स्थगित भएका छन् । जसले गर्दा यात्रुहरू दिनभरि विमानस्थल कुरेर फर्किन बाध्य छन् । पोखरामा विमान सुरक्षित उडानका लागि २७ सय र अवतरणका लागि सामान्यतः ३ हजार मिटर भन्दा बढी भिजिबिलिटी आवश्यक पर्छ । तर, हाल दिनभर बाक्लो तुवाँलोले गर्दा भिजिबिलिटी २ हजार भन्दा कम हुन थालेको छ । विमानस्थलका अनुसार कहिलेकाहीँ १ किलोमिटर भन्दा पनि कम हुन्छ ।

`उडान नहुनुको एक मात्र कारण भिजिबिलिटी हो । केही दिनयता पोखराको भिजिबिलिटी हजार-बाह्र सय मिटर छ,´ उनले भनिन्, `यति कम भिजिबिलिटीमा उडाउन सकिँदैन ।´ उनका अनुसार केही दिन यता पोखराको आकाशमा धुवाँ र धुलोको मात्रा अत्यधिक देखिएको छ ।अहिले पोखराको वायु गुणस्तर सूचकाङ्क रेड जोनमा पुगेको छ । मंगलबार बिहानैदेखि एक्यूआई १५० भन्दा माथि छ । यो चिन्ताजनक तथ्यांक हो । एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २०० सम्म पुगे अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि पुगेपछि घातक हुन्छ ।

प्रदूषणले घातक हद छुँदासम्म सरकार चुपचाप बसेकोमा डा. अनुप सुवेदीको चिन्ता छ । `यस्तो स्वास्थ्यलाई घातक हुने हदसम्म प्रदूषण बढेर स्थिर रहिरहँदा पनि कुनै हतार, व्यग्रता छैन, ओ सरकार ! कति हाइसन्चो हँ ?,´ उनले भनेका छन्, `यो तहको वायु प्रदूषण इमर्जेन्सी मानिनुपर्ने हो है । केही कुरा त तुरुन्तै गरिहाल्नुपर्छ होला नि यस्तो बेलामा, कि पर्दैन ?´ प्रदूषण नियन्त्रणका लागि डढेलो नियन्त्रण, बढी धुवाँ निकाल्ने कारखाना केही समयलाई बन्द गर्नुपर्ने, जीवाश्म इन्धनका गाडीहरू जोर बिजोर गर्नुपर्ने लगायत सुझाव उनको छ ।

उनका अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार व्यक्तिको निधन हुन्छ । यो वर्षदेखि तथ्याङ्क अझै बढ्ने सुवेदीले बताए । वायु प्रदूषण नियन्त्रणका लागि बृहत् नागरिक आन्दोलनले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु