2026-06-20 11:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

काठमाडौँ | केही दिनअघि अमेरिकाको ‘नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ (नेकमेक) ले नेपालको साइबर ब्युरोलाई एउटा सूचना पठायो । नेकमेक भनेको हराएका तथा जोखिममा परेका बालबालिकाको हकहितका लागि काम गर्ने संस्था हो ।

नेपालका एक व्यक्तिको गुगल ड्राइभमा बालिकालाई करणी गरेको भिडिओ अपलोड पत्ता लगाएको थियो । भिडिओमा देखिएकी बालिका समस्यामा परेको पहिचान गर्दै नेकमेकले ब्युरोलाई साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ मार्फत उक्त सूचना पठाएको थियो । त्यस घटनालाई प्रमाणित गर्ने कागजात‍, आरोपीको मोबाइल नम्बर, जिमेल अकाउन्ट जस्ता विवरण पाएपछि साइबर ब्युरोको टोलीले विस्तृत अनुसन्धान थाल्यो ।

त्यस क्रममा उक्त मोबाइल नम्बर र जिमेल अकाउन्ट वीरगञ्जका व्यक्तिले चलाएको फेला पार्‍यो । र, इन्सपेक्टर नेतृत्वको टोली २२ चैतमा वीरगञ्ज पुग्यो ।“हामीले त पहिले ती व्यक्तिले अरुको भिडिओ आफ्नो ड्राइभमा राखेका होलान् भन्ने अनुमान गरेका थियौं,” टेकपानासँग कुरा गर्दै जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने, “तर, हामीले ती व्यक्तिलाई पक्राउ गरेपछि जे कल्पना गरेका थिएनौं त्यही देखियो ।”

वास्तवमा करणी गर्ने बालिकाका सौतेनी बुबा थिए । यो प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जानकारी हो । “मुस्लिम समुदायका रहेछन् । नाबालिकाको जन्मदर्ता नै बनाएको रहेनछ । कतिबेला आफ्नै छोरी भन्छन्, कतिबेला अरूको छोरी पालेको भन्छन्, कतिबेला श्रीमतीको पूर्वपतिको छोरी भन्छन्, आमाले पनि वास्तविक कुरा भनेकी छैनन् । हामी काउन्सिलिङ गरिरहेका छौं,” प्रहरी नायब उपरीक्षक लम्सालले थपे ।

नाबालिकालाई उद्धार गरी प्रहरीले सुरक्षित राखेको प्रहरी नायब उपरीक्षक लम्सालले सुनाए । नाबालिकाको तर्फबाट जाहेरी दिने कोही नभएपछि प्रहरीले आफैले जाहेरी दिएर थप अनुसन्धान गरिरहेको छ । बुबा नाता पर्ने आरोपी व्यक्तिले नाबालिकालाई करणी गरेको भिडिओ खिचेर फोनमा राखेको र उक्त भिडिओ स्वतः गुगल फोटोजमा भण्डारण भएपछि नेकमेकको सिस्टमले पहिचान गरेको बताइएको छ ।

आरोपी व्यक्तिलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जिप्रका पर्साको हिरासतमा राखेर दुई ओटा कसुरमा अनुसन्धान भइरहेको छ । एउटा करणी सम्बन्धी कसुर र अर्को विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आरोपित युवकमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ