२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

श्रीमती घमण्डी नहोस् भन्दै चिट्ठामा जितेको ४ अर्ब रुपैयाँ गोप्य राखेपछि…

२०७९, १४ कार्तिक सोमबार ०८:०१

 एजेन्सी | दक्षिण चीनका एक व्यक्तिले चिट्ठामा २२० मिलियन युआन (३०.६ मिलियन अमेरिकी डलर) जितेका छन् तर उनले यो कुरा सबैबाट गोप्य राखेका छन् । चिट्ठामा जितेको रकमले श्रीमती र आफ्ना बालबच्चालाई अहंकारी र अल्छी बनाउने हो कि भन्ने चिन्ताले आफूले सो कुरा लुकाएको उनले बताए ।

The man, surnamed Li (right), wears a cartoon costume to accept his lottery jackpot. Photo: Baidu

साउथ चाइना मर्निङ पोस्टका अनुसार लि नाम दिइएका यी व्यक्तिले गुआङ्क्षी जुआङ प्रान्तमा ८० युआनमा ४० वटा लट्री टिकट किनेका थिए । प्रत्येक टिकटमा त्यहि सातवटा नम्बर थिए । नानिङ इभनिङ न्युजको रिपोर्ट अनुसार सबै सातवटा नम्बर उनका लागि भाग्यशाली साबित भए । प्रत्येक चिट्ठामा ५.४८ मिलियन युआन पर्यो । यसको अर्थ उनलाई जम्माजम्मी २२० मिलियन युआन पर्यो ।

अक्टोबर २४ तारिखमा ती व्यक्ति गुआङ्क्षी वेलफेयर लट्री डिस्ट्रिब्युसन सेन्टरमा चिट्ठामा परेको पैसा लिन गए । लीले ५ मिलियन युआन च्यारिटीलाई दान पनि दिए । चेक हस्तान्तरण कार्यक्रममा लीले कार्टुन कस्टम लगाएका थिए । जित्ने व्यक्तिको पहिचान लुकाउने यो निकै उत्कृष्ट काइदा थियो ।

पैसा जितेपछि आफू निकै उत्साहित भएपनि आफ्नो उत्साह लुकाउन खोजेको र यसबारे आफ्नो परिवारसहित कसैलाई पनि नभनेको उनले बताए ।

‘मैले यसबारे मेरी श्रीमती र बच्चाबच्चीलाई भनेको छैन । उनीहरुले आफूलाई अन्य व्यक्तिभन्दा ठूलो ठान्ने हो कि, भविष्यमा राम्रोसँग नपढ्ने हो कि भन्ने पिर लाग्छ,’ उनले भने ।

लिले ५ मिलियन युआन च्यारिटीलाई दान दिएपनि ४३ मिलियन युआन करमा कटाएपछि १२१ मिलियन युआन (२४ मिलियन अमेरिकी डलर) अर्थात् ३ अर्ब बढी घर लिएर जानेछन् ।

उनले अक्टोबर २१ तारिख, शुक्रबारका दिन चिट्ठा परेको थाहा पाएका थिए ।

चिट्ठामा जितेको पैसा कसरी खर्च गर्ने भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले यसबारे निर्णय गरिसकेको छैन । पैसा कसरी प्रयोग गर्ने भनेर योजना बनाउनेछु, यसका लागि केही समय लाग्नेछ ।’

चिट्ठाको रकमबारे श्रीमतीलाई केही जानकारी नदिएपनि उक्त रकममा श्रीमतीको पनि आधा हक लाग्ने उनले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु