2026-09-04 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् म्यानपावरका नामुद एजेन्ट पदम आले: पासपोर्ट र पैसा अशुल्छन्, सम्पर्कबिहीन हुन्छन् !

कत्तिक १५, काठमाडौँ । सरकारले वैदेशिक रोजगार क्षेत्रमा एजेन्ट व्यवस्था खारेज गरे पनि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ठग्नेमा तिनै एजेन्ट क्रियाशील रहेको पाइएको छ । वैदेशिक रोजगार विभागले एजेन्टहरुलाई लगाम लगाउन कडाई नगर्दा अधिकांश म्यानपावरहरुमा एजेन्टहरुको हालीमुहाली छ । 

यस्तैमा एक नामुद एजेन्ट पदम बहादुर आले पनि हुन् । सामाखुसी तथा बसुन्धारा क्षेत्रमा रहेका बिभिन्न म्यानपावरहरुसँग मिलेर आलेले सोझा सिधा युवाहरुसँग लाखौँ ठगि गरेको पाइएको छ । म्यानपावरमा एजेन्टको भूमिका खेलि युवाहरुसँग पासपोर्ट र पैसा उठाउदै आएका आलेले पछिल्लो समय धादिङका युवाहरुलाई ठगेका छन् । 

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ६ जना युवाहरुसँग ५० हजार र एक लाखका दरले अग्रिम पैसा लिएका आलेले लामो समयदेखि पैसा लिएर सम्पर्कबिहीन बनेका थिए । गत भदौमा बसुन्धरा स्थित एक म्यानपावरमा आकस्मिक रुपमा भेटिएका आलेलाई पीडितहरुले प्रहरीमा बुझाउने डर देखाएपछि आलेले पीडितहरुलाई चेक काटेर दिएका थिए । पीडितहरुलाई बिभिन्न मितिमा चेक काटेर दिएका आलेले पैसा भने नभएको चेक दिएको पाइएको छ । यस सम्बन्धमा उनिहरुले दिएको प्रमाण अनुसार आलेले दिएको चेक बसुन्धरा स्थित ‘फलो मि बचत तथा ऋण सहकारी संस्था लि. को रहेको छ । 

पीडितहरुले आफूहरुलाई एजेन्ट आलेले सहकारीको चेक दिएर समेत झुक्याएको बताएका छन् । करिव डेढबर्ष अघि आलेले युवाहरुसंग टर्की पठाउने भनेर पासपोर्ट र अग्रिम पैसा अशुली गरेका थिए । पछि टर्की पठाउन सकिएन भन्दै बिभिन्न म्यानपावर देखाएका थिए । 

आले आवद्ध भएका केहि म्यानपावरहरुका अनुसार यिनले आफ्नोमा केहि समय काम गरे पनि छोडिसकेको दावी गरेका छन् । म्यानपावरहरुले आलेको नाममा ‘PRO’ को परिचय सहितको भिजिटिङ कार्ड समेत बनाइदिने गरेको पाइएको छ । आलेले पीडितहरुलाई पटक-पटक पैसा फिर्ता दिने भने पनि पैसा फिर्ता नदिएको पीडितहरुको भनाई छ । आलेकै कारण आफूहरु वैदेशिक रोजगारको आशामा डेढ बर्षदेखि झुल्नुको साथै ठगि भएपछि अब न्याय नपाइने हो कि भन्ने त्रासमा बसेको पीडितहरुले बताए । पीडितहरुले आले बिरुद्धको प्रमाण सहित वैदेशिक रोजगार बिभागमा उजुरी दिने बताएका छन् ।

आलेले पीडितहरुलाई दिएको केहि चेकहरु:

एजेन्टका हालीमुहाली सरकारी निकाय मुकदर्शक 

पछिल्लो समय बिभिन्न म्यानपावरहरुबाट परिचालित भएका एजेन्टहरुले युवाहरुसँग वैदेशिक रोजगार अगावै अशुली उठाउने, अन्तर्वार्ता पास गराइदिने नाममा अशुल्ने देखि चर्को लागत अशुलीमा म्यानपावरलाई सहयोग गर्ने गर्दै आएका छन् । एजेन्ट खारेजी भईसकेको अवस्थामा एजेन्टको सक्रियता बढ्दै गर्दा एजेन्ट प्रमाणित भए वैदेशिक रोजगार ऐन अनुसार कारवाही हुँदा तीनदेखि ७ बर्षसम्मको कैद सहाय र अशुली भएको पैसा सहित ५० प्रतिशत थप जरिवाना गराउने कानुनी प्रावधान छ । तर सम्बन्धित निकायको ध्यानाकर्षण सक्रिय एजेन्टहरु माथि नहुँदा युवाहरु ठगीमा पर्दै आएका छन् । 
एजेन्टले वैदेशिक रोजगारीमा पठाउने प्रावधान नभए पनि तिनले ठगी गरेको भन्दै विभागमा सयौं उजुरीहरु परेका छन् । एजेन्टमार्फत वैदेशिक रोजगारीमा जाँदा खर्च बढ्ने जान्दाजान्दै पनि म्यानपावरहरुले एजेन्ट बिना काम नगर्ने हुँदा बाध्य भएर एजेन्ट समाउन पर्ने अवस्था आउने गुनाशो युवाहरुको छ । म्यानपावरको ठगी केहि साइजमा आए पनि तिनै म्यानपावरले अप्रत्यक्ष रुपमा एजेन्टहरुको संरक्षण गर्दा व्यक्तिगततर्फको ठगी भयावह बन्दै गएको छ । म्यानपावरहरुले एजेन्ट संरक्षण गर्दा एजेन्टका -याकेट अन्त्य गर्न सरकारले समेत कडा कदम नचालेको कारण ठगि बढेको पाइएको छ । त्यसो त एजेन्टले ठगी गरेको रकम पिडितहरुलाई दिलाउन समेत ठूलो कानुनी झन्झट रहेको पीडितहरुले गुनाशो गर्दै आएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ