2026-09-04 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा सुपरभाइजरद्वारा नेपाली कामदार कुटिए (भिडियो सहित)

कात्तिक २२, काठमाडौँ । मलेसियास्थित सुंगाई पातेनीमा रहेको एक कम्पनीमा नेपाली कामदार कुटिएका छन् । Lypometal Sdn Bhd कम्पनीमा गत ७ बर्ष देखि काम गर्दै आएका एक जना नेपाली कामदारलाई कम्पनीकै सुपरभाइजरले कुटपिट गरि घाइते बनाएका हुन् । 

सोमबार बेलुका भएको घटनामा घाइते हुने नेपाली बोबी गुरुङ हुन् । उनिमाथि कुर्सि प्रहार हुँदा टाउकोमा चोट लाग्नुको साथै हात भाचिएको गुरुङसंगै काम गर्ने एक नेपालीले बताए । नेपालीमाथि कुर्सि प्रहार गर्ने सुपरभाइजर मलेसियाका लोकल तमिल हुन् । कम्पनी आसपासनै उनीहरु बस्ने हुँदा उक्त कम्पनीमा कार्यरत नेपालीहरु त्रसित छन् ।

सयौंको संख्यामा नेपाली कामदार रहेको उक्त कम्पनीमा नेपाली कामदारहरुलाई सामान्य काम बिग्रिदा पनि दैनिकजसो सुपरभाइजरले कुट्दै आएका थिए । ति कामदारका अनुसार नेपालको डी प्रोटोन म्यानपावरबाट मलेसियाको उक्त कम्पनिमा पुगेका नेपालीहरुको अहिले समस्यामा छन् । नेपालबाट दुई बर्षको करार अवधि भनि पठाइएकाहरुलाई कामदारहरुको इच्छा बिपरित कन्ट्रयाक थप्न लगाई जबर्जस्ति तीन बर्षको सम्झौता गराइएको नेपालीहरुको गुनाशो छ । पछिल्लो समय पनि उक्त कम्पनीमा नेपाली कामदारहरु पुगेका छन् । कम्पनीको कारण कामदारको रुपमा आएका केहि नेपालीहरुले काम समेत छोडेर नेपाल फर्किएको एक नेपालीले बताए । 

सोहि कम्पनीमा कार्यरत एक नेपालीका अनुसार उक्त कम्पनीमा नेपालबाट कामदार जाने क्रममा नेपाल स्थित म्यानपावर कम्पनीलाई एक लाख ९० हजार देखि २ लाख ५० हजारसम्मको चर्को अशुली गर्ने गरिएको छ । चर्को अशुली लिएर कामदार पठाइएपनि बेसिक ड्युटी साढे ९ घन्टा गर्नु परेको छ भने सम्झौता अनुसार तलब समेत प्राप्त नभएको एक नेपालीले गुनाशो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ