१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जाने महिलाको सेवा र सुरक्षा आवश्यक

२२ कार्तिक २०७९, मंगलवार १०:५५

कात्तिक २२, काठमाडौँ । रोजगारको सिलसिलामा वैदेशिक रोजगारमा जाने महिलामा थुप्रै चुनौती देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ । पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चित्ताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागीले सो विषयमा जोड दिएका हुन् । 

वैदेशिक रोजगारका लागि दुबई र कतार गएर फर्किनुभएकी देवी सुनारले वैदेशिक रोजगार अवसरसँगै चुनौती भएकाले यसमा देखिएका समस्याको समाधानमा आयोगले नीतिगत तहबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । आफूले सम्बन्धित देशको भाषा र कामको दक्षता नहुँदा आफूले निकै दुःख भोग्नु परेको अनुभव उहाँले सुनाउनुभयो । 

कुवेतबाट फर्कनुभएकी पार्वती दमैले आफूलाई वैदेशिक रोजगारसम्बन्धी नीतिनियम कानुन केही थाहा नहुँदा श्रम शोषणमा परेको अनुभव सुनाउनुभयो । घरेलु कामदारको रुपमा रहँदा आफूले भोग्नु परेको पीडा सुनाउँदै उहाँले सरकारका कतिपय नीति नियमबारे आफूहरु अञ्जान रहँदा पनि पीडित हुनुपरेको उहाँको भनाइ थियो । उहाँले कमजोर आर्थिक अवस्थाका कारण विकल्प खोज्दै खाडीमुलुक जाँदाका पीडा दर्दनाक भएको र परिवारका सदस्यसँग सम्पर्कमा रहनसमेत नपाउँदा आफ्नै चिन्ताले आमा गुमाउनु परेको पीडा पोख्नुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले हरेक क्षेत्रमा समस्या देखिएको जनाउँदै त्यसलाई व्यवस्थित गर्ने नीतिनियम र त्यसको कार्यान्वयनको पक्षमा जोड दिन आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले वैदेशिक रोजगारमा जाने महिलाको लागि पहिला त्यस देशको भाषा संस्कार संस्कृतिको बारेमा सामान्य भए पनि जानकारी लिनुपर्ने र कुन कामको लागि जाने त्यो काम दक्ष भएर वैधानिक बाटोबाट जाँदा जोखिम कम हुने भनाइ राख्नुभयो । शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदीले सरकारले निषेध गरेका बाहेकका मुलुकमा जाँदा श्रम स्वीकृति लिएर सीप सिकेर जाँदा समस्या कम हुने बताउनुभयो । उहाँले समस्यामाथि छलफल र बहस गरेपछि समाधानको उपाय निस्कने जनाउँदै महिला आयोगको पहिलो पटक वैदेशिक रोजगारमा महिलाको सवाललाई प्राथमिकता दिएर सार्वजनिक सुनुवाइ गरेकोमा प्रशंसा गर्नुभयो । 

कार्यक्रमा श्रम तथा रोजगार मन्त्रालयका श्रम अधिकृत लक्ष्मण बरालले गण्डकी प्रदेशमा महिलाको वैदेशिक रोजगारीसम्बन्धी सवाल र महिलाको सुरक्षित तथा मर्यादित रोजगारीका लागि अवलम्बन गर्नुपर्ने उपायको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गण्डकी प्रदेशको २०७८ ७९ को तथ्याङ्कमा ९६ हजार नौ सय ९८ जनामध्ये पाँच हजार दुई सय ११ जना महिला वैदेशिक रोजगारमा गएका छन् । 

त्यसैगरी सामी परियोजना गण्डकीका प्रमुख उमा शर्माले वैदेशिक रोजगारीमा गएका महिलाप्रति सकारात्मक दृष्टिकोणको खाँचो रहेको र सकारात्मक भन्दा नकारात्मक विषयले बढी प्राथमिकता पाउँदा वैदेशिक रोजगारमा गएर आएका महिला समाजमा खुल्न नसकेको बताउनुभयो । आयोगका उपसचिव सीता अधिकारीले पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने महिलामाथि विभिन्न खालका हिंसा हुने गरेका घटना सार्वजनिक भएसँगै आयोगले २१ वर्षको इतिहसामा पहिलो पटक वैदेशिक रोजगार र महिलाको सवाललाई चासो दिएर कार्यक्रम गरेको बताउनुभयो । आयोगका अध्यक्ष कमला पराजुलीले महिला अधिकारको समग्र विकास गरी लैङ्गिक न्याय कायम गर्न बनेको आयोगले पछिल्लो समय वैदेशिक रोजगारमा रहेका महिलामाथि हुने हिंसाका धेरै घटना बाहिर आएको र यसलाई न्यूनीकरण गर्नका लागि आज उठेका सवाल र सुझावले आगामी रणनीतिक योजना बनाउन सहयोग पुग्ने विश्वास गर्नुभयो । कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता माल, सामाजिक विकास मन्त्रालयका उपसचिव जमुना पौडेल, इलाका प्रशासन कार्यालय लेखनाथका कमलराज भण्डारी, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, इन्सेकका कार्यक्रम संयोजक सवनम शर्मा, नेपाल बारको केन्द्रिय महिला समिति सचिव विनिता नेपाली लगायतले वैदेशिक रोजगारमा महिलाको अवस्था र सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरामा सुझाव राख्नुभएको थियो ।

वैदेशिक रोजगारबाट आउने रेमिट्यान्समा मात्र नभइ यसले सिर्जना गरेको पारिवारिक बेमेल, मानसिक स्वास्थ्यमा देखिएको समस्या लगायतका विषयमा पनि अध्ययन जरुरी रहेको उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन