प्रकाश धौलाकोटी । भदौ ३०, तेह्रथुम । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड तेह्रथुम शाखाले बुधबार आफ्नो १५ औं वार्षिक उत्सव मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । भदौ ३०, तेह्रथुम । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड तेह्रथुम शाखाले बुधबार आफ्नो १५ औं वार्षिक उत्सव मन"/>
2026-08-16 11:49 PM
अर्थ/विकास

एलवाईसीको मनायो १५ औं वार्षिक उत्सव

प्रकाश धौलाकोटी । भदौ ३०, तेह्रथुम । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड तेह्रथुम शाखाले बुधबार आफ्नो १५ औं वार्षिक उत्सव मनाएको छ । उत्सवका अवसरमा शाखाले दुई जना बीमा अभिकर्तालाई बीमा श्री उपाधिले सम्मान गरेको छ । 

शाखा प्रबन्धक सञ्जिव ढुंगानाले उत्कृष्ट बीमा अभिकर्ता जयप्रसाद उप्रेती र लिलादेवी न्यौपानेलाई बीमा श्री पदकले सम्मान गरेको हो । उत्सवको अवसरमा बीमा अभिकर्ता जयप्रसाद उप्रेती, एसबीआई बैंक तेह्रथुम शाखा प्रबन्धक विनोद कपुरी र दि ओरेन्टियल इन्स्योरेन्स कम्पनी तेह्रथुम शाखा प्रबन्धक अर्जुन ढुंगानाले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा जिल्लाका बैंक तथा वित्तीय संस्थाका प्रमुख, बीमा अभिकर्ता र ग्राहकहरु सहभागी थिए । 

एलआईसी अफ ईण्डिया र विशाल गु्रपको संयुक्त लगानीमा सञ्चालित कम्पनीका हाल देशभर ३५ वटा शाखाहरु रहेका छन् । एलवाईसीले सावधिक योजना, धनफिर्ता योजना, बाल योजनाहरु, जीवन आनन्द, गृहलक्ष्मी, बीमा किरण, जीवन तरङ्ग, जीवन आस्था, बाल सावधिक योजना, जीवन अमूल्य, जीवन सरल र जीवन विद्या बीमा योजना ल्याएको छ । 

एलवाईसीले प्रति हजार प्रति वर्ष ७५ रुपैयाँ बोनस दिँदै आएको छ । बैंकमा बचत गर्नुभन्दा बीमा कम्पनीमा बचत गर्दा दोहोरो लाभ लिन हुने शाखा प्रबन्धक ढुंगानाले बताउनुभयो । बीमा कम्पनीमा बचत गर्दा अधिकतम बोनस ७५ प्रति हजार प्रति वर्ष अर्थात् ७.५ प्रतिशत वार्षिक प्रतिफल प्राप्त हुन्छ, र त्यसको साथमा जीवन बीमा पनि हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट