प्रकाश धौलाकोटी । भदौ ३०, तेह्रथुम । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड तेह्रथुम शाखाले बुधबार आफ्नो १५ औं वार्षिक उत्सव मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । भदौ ३०, तेह्रथुम । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड तेह्रथुम शाखाले बुधबार आफ्नो १५ औं वार्षिक उत्सव मन"/>
२१ मंसिर २०८२, शनिबार
अर्थ/विकास

एलवाईसीको मनायो १५ औं वार्षिक उत्सव

३० भाद्र २०७३, बिहीबार ०२:०५

प्रकाश धौलाकोटी । भदौ ३०, तेह्रथुम । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड तेह्रथुम शाखाले बुधबार आफ्नो १५ औं वार्षिक उत्सव मनाएको छ । उत्सवका अवसरमा शाखाले दुई जना बीमा अभिकर्तालाई बीमा श्री उपाधिले सम्मान गरेको छ । 

शाखा प्रबन्धक सञ्जिव ढुंगानाले उत्कृष्ट बीमा अभिकर्ता जयप्रसाद उप्रेती र लिलादेवी न्यौपानेलाई बीमा श्री पदकले सम्मान गरेको हो । उत्सवको अवसरमा बीमा अभिकर्ता जयप्रसाद उप्रेती, एसबीआई बैंक तेह्रथुम शाखा प्रबन्धक विनोद कपुरी र दि ओरेन्टियल इन्स्योरेन्स कम्पनी तेह्रथुम शाखा प्रबन्धक अर्जुन ढुंगानाले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा जिल्लाका बैंक तथा वित्तीय संस्थाका प्रमुख, बीमा अभिकर्ता र ग्राहकहरु सहभागी थिए । 

एलआईसी अफ ईण्डिया र विशाल गु्रपको संयुक्त लगानीमा सञ्चालित कम्पनीका हाल देशभर ३५ वटा शाखाहरु रहेका छन् । एलवाईसीले सावधिक योजना, धनफिर्ता योजना, बाल योजनाहरु, जीवन आनन्द, गृहलक्ष्मी, बीमा किरण, जीवन तरङ्ग, जीवन आस्था, बाल सावधिक योजना, जीवन अमूल्य, जीवन सरल र जीवन विद्या बीमा योजना ल्याएको छ । 

एलवाईसीले प्रति हजार प्रति वर्ष ७५ रुपैयाँ बोनस दिँदै आएको छ । बैंकमा बचत गर्नुभन्दा बीमा कम्पनीमा बचत गर्दा दोहोरो लाभ लिन हुने शाखा प्रबन्धक ढुंगानाले बताउनुभयो । बीमा कम्पनीमा बचत गर्दा अधिकतम बोनस ७५ प्रति हजार प्रति वर्ष अर्थात् ७.५ प्रतिशत वार्षिक प्रतिफल प्राप्त हुन्छ, र त्यसको साथमा जीवन बीमा पनि हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य