भाद्र ३० पर्वत ।
जिल्ला पशु सेवा कार्यालयको आ.व.०७३।०७४ को बजेट सार्वजनिक भएको छ । कार्यालयले ४ करोड ३४ लाख बराबरको वार्षिक बजेट बाँडफाँड गरेको हो । यो बजेटमा कार्यालयको नियमित खर्च बजेट र केन्द्रिय कार्यक्रमहरु अन्तर्गत प्राप्त भएको बजेट समेटिएको छ ।
 बुधवार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
भाद्र ३० पर्वत ।
जिल्ला पशु सेवा कार्यालयको आ.व.०७३।०७४ को बजेट सार्वजनिक भएको छ । कार्यालयले ४ करोड ३४ लाख बराबरको वार्षिक बजेट बाँडफाँड गरेको हो । यो बजेटमा कार्यालयको नियमित खर्च बजेट र केन्द्रिय कार्यक्रमहरु अन्तर्गत प्राप्त भएको बजेट समेटिएको छ ।
 बुधवार"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पशु सेवा कार्यालयको ४ करोड बराबरको वार्षिक बजेट सार्वजनिक

३० भाद्र २०७३, बिहीबार ०७:१०

भदौ ३०, पर्वत । जिल्ला पशु सेवा कार्यालयको आ.व.०७३।०७४ को बजेट सार्वजनिक भएको छ । कार्यालयले ४ करोड ३४ लाख बराबरको वार्षिक बजेट बाँडफाँड गरेको हो ।

यो बजेटमा कार्यालयको नियमित खर्च बजेट र केन्द्रिय कार्यक्रमहरु अन्तर्गत प्राप्त भएको बजेट समेटिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गर्दै वार्षिक खर्च र बजेट वाँडफाँडको विवरण सार्वजनिक गरिएको हो । कार्यालयको उपभोग खर्चमा १ करोड २१ लाख ५५ हजार, कार्यालय संचालन खर्च ३४ लाख ४४ हजार, कार्यक्रम खर्च १ करोड ५ लाख ५१ हजार गरी चालु खर्च जम्मा २ करोड ६१ लाख ५० हजार भने पूँजीगत खर्चतर्फ २२ लाख २ हजार गरी कुल जम्मा खर्च २ करोड ८३ लाख ५२ हजार रहेको हो । त्यसैगरी कार्यालयलाई केन्द्रिय कार्यँक्रम अन्तर्गत प्राप्त कुल रकम १ करोड ५० लाख ९४ हजार छ ।

केन्द्रिय कार्यक्रमहरुमा पशु स्वास्थ्य नियमन, पशु आहारा सेवा राष्ट्रिय अभियान, पशु विकास सेवा कार्यक्रम, गाईभैसी श्रोत विकास, युवा लक्षित बंगुर कार्यक्रम लगायत शिर्षक छन् । वार्षिक बजेट तथा कार्यक्रममा जिल्लास्थित राजनीतिक दलहरु प्रमुख तथा प्रतिनिधि साथै पत्रकारहरुको सहभागीता थियो ।

स्थानीय विकास अधिकारी युवराज पौडेलको अध्यक्षतामा भएकोे उक्त कार्यक्रममा सहभागी हुनेहरुमा नेपाल कांग्रेस पर्वतका सभापति खिमप्रसाद भूषाल, नेकपा माओवादी केन्द्रका दुर्गा तमु, राप्रपा उपाध्यक्ष प्रकाश पौडेल, नेकपा माओवादी क्रान्तिकारी संयोजक तेजेन्द्र पौडेल, परिवार दल अध्यक्ष समिक्षा शर्मा लगायत थिए ।

वार्षिक बजेट तथा कार्यक्रमबारे जानकारी पशु विकास अधिकृत विष्णु बहादुर पाण्डेले गराएका थिए भने कार्यक्रममा प्रमुख पशु चिकित्सक डा.सुधीर थापा समेत सहभागीता थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली