भदौ ३१, पोखरा  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, पोखरा 
२०८३, १६ जेष्ठ शनिबार
कास्की - KSK

पोखराका युवा पत्रकार एम बी आस्था ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित

२०७३, ३१ भाद्र शुक्रबार ०४:११

भदौ ३१, पोखरा  पोखराका युवा पत्रकार एम बी आस्था सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका  छन् । विहिवार सहारा क्लबको १८ औं बार्षिकोत्सब तथा साधारणसभाको अबसरमा उहालाई पुरस्कार प्रदान गरिएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले उनलाई नगद १५ हजार ५५५ रुपैया, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्नुभयो । अग्रज पत्रकार एबं क्लबका सल्लाहकार नारायण कार्की संयोजकत्वको प्रतिभा छनौट समितिको सिफारिसको आधारमा उहालाई सम्मान गरिएको हो । 

आस्था स्थापना कालदेखि एविसी टेलिभिजनमा आबद्ध छन् भने पोखराको पत्रकारितामा विगत डेढ दशकदेखि क्रियाशिल रहेका छन् । सहारा क्लब पोखराले स्थापना गरेको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १० जना पुरस्कृत भैसकेका छन् ।

२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि कुलचन्द्र न्यौपाने , धन बस्नेत, विनोद लामिछाने, प्रेम नारायण न्यौपाने, राम गुरुङ्ग, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल सम्मानित भैसकेका छन् ।

कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध र खेलकुद पत्रकारितालाई उच्च प्राथमिकता प्रदान गर्ने पत्रकार मध्येबाट एक जनालाई बार्षिकोत्सबको अबसरमा क्लबले पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यस्तै क्लबले बार्षिकोत्सबको अबसरमा सहारा उत्कृष्ट पुरस्कारबाट संस्थाका साधारण सदस्य सुनिता गुरुङ्गलाई सम्मान गरेको छ । कार्यक्रममा क्लबले सञ्चालन गरेको सहारा फुटवल एकेडेमीमा रहेका ६ जना वालकलाई पढाईमाम उत्कृष्टता हासिल गरेवापत सम्मान गरिएको थियो । क्लबले सहारा निमावी सञ्चालनको सहयोगार्थ ५१ हजार ५१ रुपैया समेत हस्तान्तरण गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु