२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

छात्रछात्रालाई नेपाली सेनाको तालिम

२०७९, १७ मंसिर शनिबार ०३:३७

मङ्सिर १७, रसुवा | विद्यालयमा अध्ययनरत छात्रछात्रालाई राष्ट्रिय सेवा दलअन्तर्गतको तालिम प्रदान गरिएको छ । प्रत्येक छात्रछात्रालाई विद्यालयस्तर देखिनै बफादार एवं अनुशासित बनाई राष्ट्रप्रति समर्पित युवा जनशक्ति तयार गराउने उद्देश्यका साथ नेपाली सेनाको कार्यनीतिबमोजिम नीलकण्ठ नमूना मावि जिवजिवे र हाइल्याण्ड आवाश्ययीय मावि धुञ्चेका विद्यार्थीलाई सो तालिम प्रदान गरिएको हो ।

प्रतिविद्यालय १८ छात्र १८ छात्रासमेत कूल ७२  सहभागी भएको सम्बन्धित विद्यालयले जनाएका छन् । दुवै स्थानमा सञ्चालित जिल्लास्तरीय तालिम पूरा भएको छ । तालिमको माध्यमबाट विद्यार्थीलाई नेपाली सेनाबाट प्रदान गरिएका प्राप्त ज्ञान र सीपले पढाइका साथसाथै प्रकृतिक प्रकोपबाट हुनसक्ने जोखिमको उद्धार कार्यमा समेत क्षमताको वृद्धि विकास भएको, छात्रछात्रामा थप अनुशासन बढेको, सेनाप्रतिको सम्बन्धमा थप प्रगाढ भएको, आफ्नो पढाइ पूरा भएपछि सेनामा समाहित हुने जागरणसमेत बढिरहेको रसुवाका अग्रज गुरु एवं हाइल्याण्ड आवश्यीय माविका संस्थापक तिरबहादुर गुरुङले जानकारी दिनुभयो ।

सिसं ४६ अन्तर्गत गत साउन १ गतेदेखि नेपाली सेनाले विद्यालयस्तरमा सुरू गरेको जुनियर डिभिजन तालिम सम्पन्न भएको र अब क्षेत्रीयस्तरको तालिम हुने विष्णुदल गणले जनाएको छ । तालिमको माध्यमबाट छात्रछात्राले खुकुरी ड्रिल, मार्सपिटी, तेकन्दो, लुक्ने छिप्ने कला, नक्साको अध्यायन, कवज, नाच, दौडजस्ता विविध विषयमा समेत ज्ञान तथा क्षमताको वृद्धि विकासमा ठूलो टेवा पुगेको नीलकण्ठ नमूना मावि जिवजिवेका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताउनुभयो । ग्रामीण भेकमा अवस्थित जिवजिवे माविका छात्रछात्रालाई सेनाले प्रदान गरेको राष्ट्रिय सेवादलको तालिमले स्थानीय अभिभावक खुशी व्यक्त गरेको प्रअ देवकोटाले जानकारी दिनुभयो ।  यस्ता खाले तालिमको निरन्तरता दिनसमेत विद्यार्थीको माग बढ्दै गएको शिक्षकले बताएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत रसुवा, नुवाकोट र सिन्धुपाल्चोक क्षेत्रका हिमाली वन जङ्गलको जैविक विविधता संरक्षणमा कार्यरत विष्णु दलगणले तालिम प्रदान गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय