२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

छात्रछात्रालाई नेपाली सेनाको तालिम

१७ मंसिर २०७९, शनिबार ०३:३७

मङ्सिर १७, रसुवा | विद्यालयमा अध्ययनरत छात्रछात्रालाई राष्ट्रिय सेवा दलअन्तर्गतको तालिम प्रदान गरिएको छ । प्रत्येक छात्रछात्रालाई विद्यालयस्तर देखिनै बफादार एवं अनुशासित बनाई राष्ट्रप्रति समर्पित युवा जनशक्ति तयार गराउने उद्देश्यका साथ नेपाली सेनाको कार्यनीतिबमोजिम नीलकण्ठ नमूना मावि जिवजिवे र हाइल्याण्ड आवाश्ययीय मावि धुञ्चेका विद्यार्थीलाई सो तालिम प्रदान गरिएको हो ।

प्रतिविद्यालय १८ छात्र १८ छात्रासमेत कूल ७२  सहभागी भएको सम्बन्धित विद्यालयले जनाएका छन् । दुवै स्थानमा सञ्चालित जिल्लास्तरीय तालिम पूरा भएको छ । तालिमको माध्यमबाट विद्यार्थीलाई नेपाली सेनाबाट प्रदान गरिएका प्राप्त ज्ञान र सीपले पढाइका साथसाथै प्रकृतिक प्रकोपबाट हुनसक्ने जोखिमको उद्धार कार्यमा समेत क्षमताको वृद्धि विकास भएको, छात्रछात्रामा थप अनुशासन बढेको, सेनाप्रतिको सम्बन्धमा थप प्रगाढ भएको, आफ्नो पढाइ पूरा भएपछि सेनामा समाहित हुने जागरणसमेत बढिरहेको रसुवाका अग्रज गुरु एवं हाइल्याण्ड आवश्यीय माविका संस्थापक तिरबहादुर गुरुङले जानकारी दिनुभयो ।

सिसं ४६ अन्तर्गत गत साउन १ गतेदेखि नेपाली सेनाले विद्यालयस्तरमा सुरू गरेको जुनियर डिभिजन तालिम सम्पन्न भएको र अब क्षेत्रीयस्तरको तालिम हुने विष्णुदल गणले जनाएको छ । तालिमको माध्यमबाट छात्रछात्राले खुकुरी ड्रिल, मार्सपिटी, तेकन्दो, लुक्ने छिप्ने कला, नक्साको अध्यायन, कवज, नाच, दौडजस्ता विविध विषयमा समेत ज्ञान तथा क्षमताको वृद्धि विकासमा ठूलो टेवा पुगेको नीलकण्ठ नमूना मावि जिवजिवेका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताउनुभयो । ग्रामीण भेकमा अवस्थित जिवजिवे माविका छात्रछात्रालाई सेनाले प्रदान गरेको राष्ट्रिय सेवादलको तालिमले स्थानीय अभिभावक खुशी व्यक्त गरेको प्रअ देवकोटाले जानकारी दिनुभयो ।  यस्ता खाले तालिमको निरन्तरता दिनसमेत विद्यार्थीको माग बढ्दै गएको शिक्षकले बताएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत रसुवा, नुवाकोट र सिन्धुपाल्चोक क्षेत्रका हिमाली वन जङ्गलको जैविक विविधता संरक्षणमा कार्यरत विष्णु दलगणले तालिम प्रदान गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै