२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान रोजगार: संगै सम्झौता गरेको भियतनामले डेढ लाख कामदार पठाउँदा नेपालले आठ सय पठायो

२०७९, २१ मंसिर बुधबार १०:४६

अनिल अधिकारी । मङ्सिर २१, काठमाडौँ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले भौतिक पूर्वाधार, साधन स्रोत र जनशक्ति अभावका कारण जापान रोजगारको उपयुक्त अवसर सदुपयोग गर्न नसकेको बताएका छन् । साझा सबाल मिडियासंग कुराकानीको क्रममा मन्त्री कुँवरले जापान रोजगारको लागि संगै सम्झौता गरेको भियतनामले एक लाख ६० हजार कामदार जापान रोजगारमा पठाउन सक्दा नेपालले आठ सय जना मात्र जापान रोजगारमा पठाउन सकेको बताए ।

मन्त्री कुँवरले जापानले ठूलो संख्यामा नेपाली कामदार माग गरेको तर बिबिध कारण थोरै मात्र कामदार पठाउन सकेको बताए । उनलेले जापान र कोरियाले कोटानै पुरा गर्न नसक्ने गरि कामदार माग गरेको बताए । कुँवरका अनुसार अन्य देशको तुलनामा यी देशमा नेपाली कामदार पठाउनु राम्रो कमाई र सुरक्षाको दृष्टिकोणले समेत राम्रो छ ।

मन्त्री कुँवरले देशको अर्थतन्त्रलाई धान्नमा रेमिट्यान्स मार्फत ठूलो भूमिका खेलेको श्रम मन्त्रालयलाई प्रभावकारी काम गर्नको लागि भौतिक पूर्वाधार, साधन स्रोत र जनशक्ति नदिईएको गुनाशो गरेका छन् । वैदेशिक रोजगारको उपयुक्त गन्तव्यमा नेपाली कामदार पठाउनको लागि सरकारले आवश्यक कदम चलन ढिलाई गर्न नहुने बताए । वैदेशिक रोजगारमा कामदार पठाउने झन्झटिलो प्रक्रियालाई सहज बनाउन आवश्यक रहेको कारण बिभिन्न नीतिगत विषयलाई पुनर्विचार गरि परिमार्जन गर्न आवश्यक रहेको बताए ।

मन्त्री कुँवरले म्यानपावर क्षेत्रमा भएका चर्को अशुलीको सम्बन्धमा नीति बिपरित काम गर्ने म्यानपावर कम्पनीहरुलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालयले सक्रिय कदम चाल्ने बताए । निर्वाचनको मुखमा भएको कारण अनुगमनको काम नदेखिएको मन्त्री कुँवरले स्वीकारे । कुँवरले वैदेशिक रोजगारमा युवाहरु बिना सिप नजाउन् भन्ने हेतुले सातै प्रदेशमा सिप बिकाश प्रतिष्ठान स्थापना गर्ने गठन आयोग क्याबिनेटमा विचाराधीन रहेको बताए । 

श्रममन्त्री कुँवरले इजरायल रोजगारमा एक हजार जना कृषि कामदार पठाउने सम्बन्धमा मापदण्ड बनिनसकेको बताए । उनले यसअघि इजरायल रोजगारमा केयर गिभरको लागि माग आएको र अझै उक्त कोटा अन्तर्गत छनौट भएका केहि युवाहरुलाई रोजगारमा पठाउन बाँकी रहेको बताए । त्यसपछि मात्र कृषि कामदार पठाउने सम्बन्धमा थप कदम चाल्ने मन्त्री कुँवरले बताए ।

अन्तर्वार्ताको पुरा भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै