२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमित आठ वर्षदेखि सिक्रीमा, सहयोग गरिदिन परिवारजनको आग्रह

२०७३, ३१ भाद्र शुक्रबार १०:३४

भदौ ३१, इनरुवा । आफ्नै छोरालाई पशुझै सिक्रीमा बाँधेर राख्नुपर्दाको पिडा सुनसरी औरावनी गाविस– ९ का भगवान साहले आठ वर्षदेखि भोग्दै आउनुभएको छ । तर उहाँसँग यो बाहेक अर्को विकल्प छैन । 

मानसिक सन्तुलन गुमाएका साहका २२ वर्षीय छोरा अमित विगत– ८ वर्षदेखि सिक्रीमा बाँधिएका हुन् । उनको उपचारका लागि साह परिवारसँग पैसा छैन । पैसा र पहुँच हुनेले देश विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँछन् तर आफूलाई न खान छ न बस्न कहाँबाट छोराको उपचार गराउनु गरिबको जिन्दगी यस्तै हँुदोरहेछ अमितकी आमा तितरीको दुखेसो छ । 

आर्थिक अवस्था कमजोर भएकै कारण मानसिक रोगी अमितलाई घरमै बाँधेरराख्नु परिरहेको हो । उपचारका लागि आर्थिक समस्या छ । स्थानीय एक विद्यालयमा कक्षा– ९ मा पढ्दै गर्दा अमितले मानसिक सन्तुलन गुमाएका हुन् । अहिलेसम्म अमितका घरमा कोही पनि सहयोगी र अधिकारकर्मी पुग्न सकेका छैनन् । 

अमितको परिवारले उनलाई उपचार गर्दै नगरेको पनि होइन । भारतसम्म पु¥याएर उपचार गराउँदा पनि आर्थिक समस्याले नै पिरोलेकाले आठ वर्षदेखि आफ्नै छोरालाई फलामे सिक्रीले बाँधेर राख्न बाध्य भएका परिबार अमितको उपचारमा कसैले सहयोग गरे उपचार गराउने आशमा छ तर अहिलेसम्म उनलाई सहयोग गर्ने हातहरु नजुटेको साहकोे गुनासो परिवारको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने