सन्तोषकुमार गुप्ता, । भदौ, ३१ दाङ । दाङको ईलाका प्रशासन कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, । भदौ, ३१ दाङ । दाङको ईलाका प्रशासन कार्"/>
२६ मंसिर २०८२, बिहीबार
अर्थ/विकास

नागरिकता बनाउन पाँच हजार घुस लिएका लमही प्रशासन प्रमुख नेपाली र सुब्बा लुईटेल प्रकाउ

३१ भाद्र २०७३, शुक्रबार १६:५६

सन्तोषकुमार गुप्ता, । भदौ, ३१ दाङ । दाङको ईलाका प्रशासन कार्यालय लमहीका कार्यालय प्रमुख विक्रमबहादुर नेपाली र सुव्वा वेदप्रसाद लुईटेल घुस सहित पक्राउ परेका छन् । उनीहरुले सेवाग्राहीवाट नागरिकता वनाईदिए वाफत पाँच हजार घुस मागेका थिए । कार्यालय प्रमुख नेपाली र सुब्बा लुईटेललाई प्रहरीले सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कार्यालय प्रमुख नेपाली र सुब्वा लुईटेललाई प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय दाङमा वुझाएको छ । गढवा गाविस वडा नं. ३ वनकट्टी निवासी ७२ वर्षीय कुर्धा कामी आफ्ना ४२ वर्षीय छोराको नागरिकता वनाउन ईलाका प्रशासन कार्यालय लमहीमा पुगेको थिए । तर उनीहरुसंग पाँच हजार रुपैयाँ वुझाएपछि मात्रै नागरिकता वनाईदिने कार्यालय प्रमुख नेपालीले वताएपछि कामीले नागरिकता बनाउन ऋण कारेका थिए ।


सोही अनुसार ऋण कारेर पाँच हजार रकम घुस वुझाएको कामीले राजनीतिक दल, पत्रकार र प्रहरी समक्ष वताए । कुर्धा नेपाली नागरिकता बनाउन प्रशासनले पाँच हजार घुस माग गरेको नेकपा एमाले दाङ क्षेत्र नं. १ का अध्यक्ष रतनकुमार केसीलाई वताएका थिए । त्यसपछि केसीले नै घुस वाफत वुझाउने पाँच हजार रकमको फोटोकपी गर्न लगाएका थिए । घुस वाफत वुझाएको पाँच हजार रुपैयाँको फोटोकपी सहित घुस वुझाउने कामी र एमालेका अध्यक्ष रतनकुमार केसीले कार्यालय प्रमुख संग सवाल जवाफ गर्न थाले पछि कार्यालय प्रमुख नेपालीले घुस वाफतको रकम श्रीमती संग मगाए पछि घुस वुझेको थप पुष्टि भएको हो । सुब्वा लुईटेलले घुस वाफतको रकम कार्यालय प्रमुख विक्रमबहादुर नेपालीकी श्रीमती वन्दना नेपालीलाई वुझाएको प्रहरी समक्ष स्वीकार गरेका छन् । फोटो कपीमा उल्लेख भएको रकमको दुई वटा एक—एक हजार रुपैयाँको नोट फेला परेको छ । वाँकी तीन हजार रुपैयाँ नभेटिएको प्रहरीले वताएको छ । प्रहरीले कार्यालय प्रमुख नेपाली र सुब्वा लुईटेललाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय दाङमा वुझाएको छ । यस अघि पनि नागरिकता वनाईदिने भन्दै सेवा ग्राहीवाट ईलाका प्रशासन कार्यालय लमहीमा घुस लेनदेन चलेको फेला परेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य