२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत, सरकारबाटै निःशुल्क पठाउने तयारी

२०७९, ३ पुष आईतवार १०:३६

पुस ३, काठमाडौँ | वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जानकारी दिए। 

अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरिया लगायत श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने मन्त्री कुँवरले जानकारी दिए। 'मौसमी श्रमिकको माग निकै राम्रो छ। तर हालसम्म केन्द्रले मौसमी श्रमिक पठाउने गरेको थिएन। अब हामी शून्य लागतमा पठाउँछौं,' मन्त्री कुँवरले भने। 


हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाएको छैन। म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ। 

तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यतिनै भनेर नतोकिएका कारण मौसमी कामदारका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले जनाएको छ। कार्यालयका अनुसार यसरी श्रम स्वीकृति लिएर मौसमी कामदारका अधिकांश बेलायत जाने गरेका छन्। 

तर मौसमी श्रमिक श्रम स्वीकृति लिएरभन्दा पनि कन्सल्टेन्सीहरू, ट्राभलएजेन्सी तथा दलालमार्फत् ठूलो संख्यामा पुग्ने गरेको आशंका गरिएको छ। उनीहरूलाई पठाउने बहानामा निकै ठूलो रकम ठगी भइरहेको आशंका पनि अधिकारीहरूको छ।

पछिल्लो समय टिकटक, फेसबुक, युट्युब लगायत समाजिक सञ्जालमा विभिन्न मुलुकहरूमा पुगेर मौसमी श्रमिकका रूपमा राम्रो आम्दानी गर्न सकिने भन्दै भिडिओ तथा लेखहरूमार्फत् प्रलोभन देखाइएको पाइन्छ। 

बेलायत, जर्मनी, दक्षिण कोरिया, क्यानडा लगायत अन्य थुप्रै युरोपियन मुलुकहरूमा ६ महिनाको अवधिमा १२ देखि २० लाखसम्म कमाइ गर्न सकिने भन्दै लोभ देखाइएका भिडिओहरूका कारण धेरै युवाहरू प्रलोभनमा परी गइरहेका पनि भेटिन्छन्। 

सरकार आफैंले नपठाउँदा मौसमी श्रमिकको प्रलोभनमा शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सीहरू), ट्राभल एजेन्सी लगायतले फाइदा उठाउँदै ठगी गरेका घटना पनि बाहिरिइरहेका छन्। 

यस्ता कन्सल्टेन्सी र ट्राभल एजेन्सीहरूले मौसमी श्रमिकका रूपमा पठाइदिने बहानामा एक जना व्यक्ति बराबर पाँच लाख रूपैयाँभन्दा बढी रकम असुलेर अलपत्र पारेका घटना पनि बढिरहेका छन्।

मौसमी कामका लागि युवाहरूको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो।

सरकारले बेलायत, दक्षिण कोरिया, जर्मनी, क्यानडा लगायत आकर्षक अन्य मौसमी श्रमिकहरूको माग हुने मुलुकमा नेपाली श्रमिक शून्य लागतमा पठाउने तयारी गरेको हो। 

बेलायत, दक्षिण कोरिया तथा जर्मनी लगायत मुलुकमा मौसमी श्रमकिहरूको राम्रो माग रहेको पनि मन्त्रालयका सचिव एकनारायण अर्याल बताउँछन्। 

'खाडी तथा मलेसियाजस्ता मुलुकहरूमा एउटा श्रमिक दुई वर्ष खट्दा मुस्किलले १०/१२ लाख कमाउने अवस्था छ। त्यहाँ ६ महिनामै १०/१२ लाख कमाउन सकिने भनेपछि यो निकै राम्रो हो,' उनले भने। 

सरकारले पारिश्रमिक तथा अन्य सेवासुविधाको सुनिश्चितता गरेर मात्रै यस्ता श्रमिक पठाउने सचिव अर्यालको भनाइ छ। मौसमी श्रमिकका रूपमा जानेले निःशुल्क जान पाउने पनि उनले बताए। खासगरी मौसमी श्रमिकका रूपमा युवाहरू कृषि कामका लागि जाने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै