२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धुञ्चेमा अब वाणिज्य बैंकको शाखा

१० पुष २०७९, आईतवार ०४:१३

पुस १०, धुन्चे । राष्ट्रिय वाणिज्य बैंकले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न  धुञ्चेमा शाखा विस्तार गरेको छ ।

बैंकले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो ।  नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैंक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रुपमा  शनिबार बाणिज्य बैंक धुञ्चे शाखा कार्यालयको शुभारम्भ गर्नुभयो ।  योसँगै बैंकले  सबैखाले कारोबार सेवा खुला समेत गरेको छ ।

शाखाले उत्तरी क्षेत्रका लाङ्टाङ, टिमुरे, थुमन, चिलिमे, हाकु, गोल्जुङ, गतलाङ, स्याफ्रुसमेतका बासिन्दालाई प्रत्यक्ष सेवा दिने उक्त शाखाका प्रबन्धक हेमन्त सुवेदीले जानकारी दिनुभयो ।

रसुवागढी नाका सञ्चालनमा आएपश्चात निजी क्षेत्रबाट दर्जनौँ बैंक रसुवा भित्रिए छन् ।   बाणिज्य बैंकले धुञ्चेमा थप शाखा विस्तार गरेसँगै स्थानीय बासिन्दा हर्षित भएको रसुवा नागरिक समाजले जनाएको छ ।

सो अवसरमा बैंकका सञ्चालक समिति सदस्य केदार घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेल, जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, बैंक प्रदेश प्रबन्धक ध्रुवप्रसाद अर्यालयलगायतको सहभागिता रहेको थियो ।  

विपन्न, व्यापारिक, घर निर्माणसमेतका विविध शीर्षकमा रु पाँच लाखदेखि पाँच करोडसम्म बैंकले कर्जा प्रवाह गर्ने जनाइएको छ ।  बैंकले नेपाल राष्ट्र बैंकको नीति, नियम र मापदण्डका आधारमा सेवा प्रवाह गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने