2026-09-24 05:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी र मलेसिया पठाइदिने भन्दै प्रतिव्यक्ति दुई लाखसम्म ठगी गरेर म्यानपावर फरार

पुस १८, काठमाडौँ |  युवाहरूलाई बैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया लगायत मुलुकहरूमा पठाइदिने भनेर प्रतिव्यक्ति २० हजारदेखि दुई लाख रुपैयाँसम्म असुल गरेर एक म्यानपावर कम्पनी विरुद्द  वैदेशिक रोजगार विभागमा उजुरी परेको छ। 

बनस्थलीमा रहेको ग्लोबल प्राइभेट लिमिटेड कम्पनीले उनीहरूलाई कुवेत, कतार, साउदी, मलेसिया लगायत मुलुकमा पठाइदिने भनेर ठगी गरी फरार भएको हो। सोमबार उक्त म्यानपावरले ठगी गरेको भन्दै २३ जना युवाहरू उजुरीका लागि विभाग पुगेका थिए। गोरखाका विष्णु नेपालीले कुवेतमा हाउसकिपिङ कामका लागि भनेर ७० हजार बुझाएको बताए। 

‘मलाई आउने बुधबार उडाउँछु भनेको थियो। तर अहिले त्यहाँ म्यानपावर पनि छैन। एजेन्टको फोन पनि अफ छ,’ उनले भने। चितवनका लक्ष्मण परियाले उक्त म्यानपावरले आफू र साथीहरूलाई विभिन्न मुलुकमा रोजगारीको प्रलोभन देखाएर प्रतिव्यक्ति २० हजारदेखि दुई लाखसम्म ठगी गरेको बताए। ‘मलाई कुवेतमा ड्राइभिङका लागि पठाउने भनेको थियो। ८० हजार बुझाइसकेको थिएँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई