३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहदानी (पासपोर्ट) वितरण अनिश्चित कालको लागि अवरुद्ध

२० पुष २०७९, बुधबार ०२:३१

पुस २०, काठमाडौँ । सिस्टममा समस्या आएको भन्दै अर्को सूचना नआएसम्म राहदानी बनाउन बिभागमा नआउन सेवाग्राहीलाई राहदानी विभागले आग्रह गरेको छ । राहदानी लिनका लागि भीडभाड बढिरहेको अवस्थामा बिभागले सिस्टममा समस्या आएको सूचना मार्फत जानकारी दिएको हो । 

राहदानी बिभागमा पुस १७ गतेदेखिनै सिस्टममा समस्या आएको छ । जसकोकारण राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएसँगै राहदानी बनाउन जानेहरु अन्यौलमा छन् । बिभागका अनुसार यस अघिनै राहदानी बनाउने पालो पाएकाहरुले भने सेवा पाउनेछन् । तर नयाँ समय लिने सिस्टम अवरुद्ध छ । बिभागले समस्या समाधानको प्रयास भईरहेको बताएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका राहदानी सेवा लिनको लागि विभागमा उपस्थित नभइदिन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ । 

केहि दिन अघि मात्र गृहमन्त्री रवि लामिछानेले राहदानी बिभागमा पुगेर सेवाग्राहीले पाएको अनावश्यक सांस्ती हटाउन निर्देशन दिएका थिए । राहदानी बनाउन समस्या भएको सम्बन्धमा बिभागका अधिकारीहरुसँग बुझ्दा बिभिन्न बहानाबाजी हुने गरेको छ। राहदानी बनाउने समय लिन बिचौलियाहरुले मात्र जानकारी पाउने गरेको कारण देशभरका युवाहरुले बिचौलियाहरुको भर पर्नुपरेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पुष्पा २’ को ट्रेलर रिलिज कार्यक्रममा अल्लू अर्जुनका फ्यानमाथि लाठीचार्ज भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव अर्यालले दिए राजीनामा ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप पाँच दिनपछि उठाइयो नगरकोटी दप्पतीको शव, ५२ लाख क्षतिपूर्ति दिने सहमति कर्मचारी कार्यालय पुगिसकेपछि सार्वजनिक बिदा आज बढ्यो सुनचाँदीको भाउ! पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने उप–निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने दुईवटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको ५–० गोलको फराकिलो जित मन्त्रिपरिषदको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै आजको मौसमः देशका अधिकांश भूभागको मौसम सफा रहने राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने तनहुँमा बस दुर्घटना हुँदा २९ जना घाइते राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ? बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई