२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेशियाबाट २०१९ यता फर्किएका कामदारहरूलाई लागत फिर्ता लिन सेन्ट्रल मेडिकेयरको आग्रह

२५ पुष २०७९, सोमबार १०:२३

पुस २५, काठमाडौँ । मलेशियाको सेन्ट्रल मेडिकेयर कम्पनीले मलेसियामा काम गरि अक्टोबर २०१९ भन्दा पछि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको लागत फिर्ता गर्ने सूचना जारी गरेको छ । मलेसिया स्थित सेन्ट्रल मेडिकेयर, तेलुक इन्ताङ, पेराकले साझा सबाल मिडियालाई यस सूचना बारे जानकारी दिँदै पूर्व कामदारहरुले तिरेको भर्ति शुल्क पूर्व कामदारहरुलाईनै फिर्ता गर्ने कार्यक्रम चलाइएको जनाएको छ । 

जारी सूचना अनुसार मलेसिया स्थित सेन्ट्रल मेडिकेयर एउटा स्थापित पन्जा उत्पादक कम्पनी हो । कम्पनीले आफूहरुले आफ्नो कम्पनीमा जाने कामदारहरुको पक्षमा जिम्मेवार र नैतिक भर्ना प्रक्रिया कार्यान्वयन होस् भन्ने सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ । यस कार्यक्रमको उदेश्य आफ्नो कम्पनीमा स्रोत देशहरुबाट रोजगारमा लगिएका विदेशी कामदारहरुलाई बाध्यकारी श्रम र शोषणकारी अभ्यासहरुबाट मुक्त होउन् भन्ने रहेको कम्पनीले जनाएको छ । कम्पनीले अक्टोबर २०१९ मा सेन्ट्रल मेडिकेयरमा काम गर्न जाँदा विदेशी कामदारहरुले अनावश्यक लागत तिर्न नपरोस् भनेर शुन्य लागतमा कामदार लिने नीति ल्याएको जनाएको छ । यो नीति हाल सेन्ट्रल मेडिकेयरमा रोजगारमा जाने कामदारहरुमा लागू कम्पनीको भनाई छ । 


कम्पनीले सूचनामा उल्लेख गरेको छ – 'यस शुन्य लागतमा भर्ति नीतिको उद्देश्य रोजगार एजेन्टहरु, उप-एजेन्टहरु वा अन्य तेस्रो पक्षहरुले उनिहरुको आफ्नो देशमा हाम्रो विदेशी आप्रवाशी कामदारहरुलाई भर्ति प्रक्रियामा संलग्न गराउने क्रममा देश बाहिर जिविकोपार्जन सुधारको वाचा गरि भुक्तानी गरिने रकम र रिपोर्ट नगरिएका एकतर्फी रुपमा असुल गरिने शुल्क भुक्तानीहरु उन्मूलन गर्नु हो ।' 

अहिले कम्पनीले आफ्नो कम्पनीमा रोजगारमा गएकाहरुलाई एजेन्ट तथा सबएजेन्टहरुले अनावश्यक भर्ति शुल्क लिएको भए फिर्ता गराउने कार्यक्रम भईरहेको जनाएको छ । साथै कम्पनिले आफ्नो कम्पनीमा २०१९ यता कुनै पनि नेपाली कामदारले आफ्नो कम्पनीमा जाँदा लागत तिरेको भए फिर्ता गराउने काम भईरहेको जानकारी दिएको छ । कम्पनीका अनुसार अक्टोबर २०१९ देखि मार्च २०२२ को बिचमा सेन्ट्रल मेडिकेयर छोडेका सबै पूर्वआप्रवासी कामदारहरुलाई कम्पनीले नियुक्त गरेका सेवा प्रदायक संस्थालाई ३१ मे २०२३ भन्दा अगाडि सम्पर्क गरि सुधार भुक्तानी (Remediation Payment) को जानकारी लिनुहुन आमन्त्रित गरिएको छ ।

साथै कम्पनीले कामदारहरुले ९८१०६४७७७४ वा इमेल [email protected] मा सम्पर्क गरेर आवश्यक जानकारी तथा सहयोग लिन सक्नेछन् । 

जारी सूचना हेर्नुहोस्: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य