2026-09-24 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ बसपार्क स्थित अलफ्रेस्को पोलिक्लिनिक मार्फत ठगिए युवा (भिडियो सहित)

पुस २९, काठमाडौँ । गत शुक्रबार काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट झन्डै एक हजार युवाको राहदानी बरामद भयो । लाल बहादुर लामा र रोशन न्यौपाने लगायत मिलेर चलाएको उक्त ट्रेनिङ सेन्टरबाट झन्डै आधा अर्व ठगि भएको आशंका गरिएको छ । सोहि गिरोहसँग अर्को एक मेडिकल सेन्टरको समेत मिलिमतो रहेको पाइएको छ । 

गोंगबु नयाँ बसपार्कस्थित अलफ्रेसको पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिमा बिहिबार पीडितहरुलाई पैसा बाडिरहेको अवस्थामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत शुक्रबार काठमाडौँकै बाँसबारी स्थित सी स्टार सिपिङबाट ठगिएका युवाहरुलाई गोंगबु नयाँ बसपार्कस्थित अलफ्रेसको पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिले पठाएको र ठगि गिरोहका मुख्य योजनाकार लाल बहादुर लामासँग कमिसनको लोभमा गंगबु स्थित मेडिकल सेन्टरले सहयोग गरेको खुलेको छ । उक्त मेडिकलले आफूले बढी पैसा अशुलेकोले आफूमाथि पनि अनुसन्धान हुने डरले पीडितहरुबाट अशुली गरेको पैसा फिर्ता दिन थालेको पिडितहरुले बताएका छन् । उक्त मेडिकलले कतिपय ठगिएका युवाहरु मार्फत राहदानी र बढी पैसा लिएर ठगि नाइके लाल बहादुर लामालाई पठाएको पाइएको छ । साथै मेडिकल गरेको पैसा लिएर रिसिभ समेत नदीई उनै लाल बहादुर लामालाई पठाएको खुलेको छ । 

तश्वीरमा: ठगीमा संलग्न मुख्य दुई जना !

तश्वीरमा: वैदेशिक रोजगार बिभागमा आफ्नो राहदानी लिन पुगेका पीडितहरु ।

प्रहरीले बिहिबार मेडिकल सेन्टरमा बसेर ठगि गिरोहलाई सहयोग गरिरहेको गुनाशोको आधारमा उक्त मेडिकल सेन्टरबाट एक महिला सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि लागेको छ । यता वैदेशिक रोजगार बिभागमा भने गत साता बरामद भएको झन्डै एक हजार थान राहदानी पीडितहरुलाई बाड्न भ्याई-नभ्याई छ । बिभागमा सोहि गिरोहले ठगेको बिषय लिएर उजुरी दिन जानेहरुको समेत उत्तिकै चाप छ । बिभागले अहिले ठगिएकाहरूको नामावली र ठगि भएको रकम सम्बन्धि विवरण सहितको प्रमाणहरु संकलन गरिरहेको छ । सबै विवरणलाई अध्यावधिक गरि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइने बिभागले जनाएको छ । 

पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवाहरुसँग म्यानपावरमा भन्दा बढी ट्रेनिङ सेन्टर, मेडिकल सेन्टर, अभिमुखिकरण तालिम केन्द्र तथा एजेन्ट अखडाहरु खडा गरि अग्रिम अशुली र राहदानी समेत संकलनको क्रियाकलाप बढेको पाइएको छ । सम्बन्धित निकायले तदारुकता नदेखाउदा ठगिनेहरुको उजुरी र गुनाशोहरु समेत बढ्दै गएको अवस्था छ ।

भिडियो हेर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल