२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेनपावर व्यवसायीलाई श्रममन्त्रीको चेतावनी– ‘गलत गर्नेलाई कुनै हालतमा छोड्दिन’

२०७९, ५ माघ बिहीबार १०:१२

माघ ५, काठमाडौँ | नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले गलत गर्नेलाई कानूनी दायरमा ल्याउने बताएका छन् । मन्त्रालयमा शुभकामना दिन आएका मेन पावर व्यवसायीहरूसँगको कुराकानीमा मन्त्री अर्यालले गलत गर्नेलाई कुनै पनि हालतमा नछाड्ने बताए ।  नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च लगायतका मेन पावर व्यवसायीले बिहीबार मन्त्री अर्याललाई भेटेका थिए । भेटको क्रममा आफु नियम कानूनको पालन गर्न प्रतिबद्ध रहेको बताएका हुन् । 

‘म नियम कानूनभन्दा एक इन्च तलमाथि गर्दिन । व्यवसायीमा पीर मर्का पनि म आफैं समाधान गर्नतिर लाग्छु । तर, गलत गरेको खण्डमा भने छोड्दिन् ।’ उनले भने ।  आफ्नो बारेमा मिडियामा अनेकन खाकका टिकाटिप्पणी आइरहेको भन्दै उनले त्यसले आफुलाई कुनै फरक नपर्ने प्रष्ट पारे । ‘मेरो काम के हो भन्ने म आफैंलाई थाहा छ । मिडियामा आफ्नो बारेमा अनेकन कुरा आइरहेका छन् । त्यसले मेरो काममा केही फरक पर्दैन,’ उनले भने,  ‘जसले जे भनेपनि मलाई नै थाहा छ । तर, म व्यवसायीको हक हित र राज्यको ऐन कानुनभन्दा तलमाथि गर्दिन । मेरो कार्यशैलीले भोलिको दिनमा थाहा हुनेछ ।’

 व्यवसायी र श्रमिकको हक हितका लागि आफु कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका थिए । सरकार नियम कानून अनुसार चल्ने भन्दै गल्ती नगरेर श्रमिकको हितलाई ध्यानमा राखेर काम गर्न व्यवसायीहरूलाई सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना