११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित

७ माघ २०७९, शनिबार ०४:१०

माघ ७, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । संघकाे शनिबार सम्पन्न भएको २९ औं साधारण सभाले अराेरा ह्युमन रिसाेर्स प्रा.लिका सञ्चालक अध्यक्ष  पदमा निर्वाचित भएका हुन् । 

प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्च नेपालका तर्फबाट अध्यक्ष उम्मेदवार बनेका भण्डारीले आफ्ना तीन प्रतिस्पर्धीलाई पराजित गरे । एमाले समर्थित मन्चका भण्डारीले १ सय ९९ मत प्राप्त गर्दा नेपाली कांग्रेस निकट नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एशाेसिएसनका अध्यक्षका उम्मेदवार कुमुद खनालले १ सय ५७ मत पाए । 


त्यस्तै एशाेसिएसनकै तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका भुवनसिंह गुरूङले १ सय ३१ मत प्राप्त गर्दा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ईश्वर जिसीले १ सय १८ मत पाए । 

यस्तै संघको प्रथम उपाध्यक्षमा मञ्चका डिक बहादुर खत्री कुमार निर्वाचित भएका छन् । खत्रीले २ सय ५३ मत पाए भने उनका प्रतिद्वन्द्वी एशाेसिएसनका किशोर केसीले १ सय ९६, धनलाल जैसीले १४२ र सुरज कुमार घुण्डेले १५ मत पाएका छन् ।

त्यस्तै द्वितीय उपाध्यक्ष पदमा मञ्चका उम्मेदवार सञ्जु गुरूङ २ सय ६३ मत ल्याई विजयी भएका छन् । तृतीय उपाध्यक्ष पदमा मञ्चका उम्मेदवार राेशन कटुवाल १ सय ९२ मत ल्याई विजयी भए । 

महासचिव पदमा निलकमल ह्यूमेन रिसोर्स प्रा.लि.का संचालक समेत रहेका लाेकतान्त्रिक प्यानलका मेघनाथ भुर्तेल २ सय ६३ मत ल्याई निर्वाचित भएका छन् । 

त्यस्तै सचिव पदमा लाेकतान्त्रिक प्यानलका कर्णराज कटुवाल २ सय ४१ मत ल्याई निर्वाचित भएका छन् ।

त्यस्तै काेषाध्यक्ष पदमा मञ्चकी सरिता घले २ सय २८ मत ल्याई निर्वाचित भएकी छन् । 

यता संघको कार्यसमिति सदस्यमा राजेन्द्र बस्नेतले २९१, विक्रम श्रेष्ठले २४६ , देवमाया थापाले २४५ , बैकुण्ठ प्रसाद पाैडेलले २३२, कैलाश पाठकले २३०, देउमान नेम्वाङले २२४, आनन्द काेइरालाले २१८, नारायण भुसालले २१७, ताेरणबहादुर कार्कीले २१२ र चन्द्र बहादुर लिम्बूले २१० मत ल्याएर निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता