२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिचाई कुलो निर्माणमा देबलबासी एकजुट, कुलो नर्माण गर्न एक करोड खर्च लाग्ने

३ आश्विन २०७३, सोमबार ०७:०८

डिवि विष्ट, असोज ३, बझाङ । सिचाई कुलो निर्माण गर्न देबलबासि एक जुटभएर लागेका छन् । गत असार महिनाको ३१ गते बाउली खोलामा आएको बाढीले देबल जिउलाको सिचाई कुलो पर्ण रुपमा बगाए पछि अहिले स्थानीय बासिन्दाहरु सिचाई कुलो निर्माण गर्न लागेका हुन ।

सिचाई कुलो निर्माण गर्न झण्डै एक महिना समय लाग्ने छ भने  सिचाई कुलो मर्मत र निर्माण गर्न जनश्रमदान सहित एक करोड बराबर खर्च लाग्ने मल्लो देबल जिउला सिचाई कुलो उपभोत्ता समीतीका अध्यक्ष अर्जुन बहादुर खड्काले बताउनु भयो । 

हाल सिचाई कुलो निर्माणका लागी नौरा, सेलाखेत, रिठापाटा, पैयातोला, सिमखेत, काप्णा, बारिल, देबल र  ग्वानी स्थानीयहरु लागी परेका छन् । सथनीयहरुले मात्र सिचाई कुलो मर्मत र निर्माण गर्न सम्भव न भएका कारणले स्काभेटरको समेत प्रयोग गर्नु परेको समितीका अध्यक्ष खड्कालेबताउनु भयो । 

झण्डै ७ हजार भन्दा बढी स्थानीयहरुका खेत रहेको देबल जिउलामा असार ३१ गते बाउली खोलामा आएको बाढीले सिचाई कुलो पुर्ण रुपमा बगाए पछि यस बर्ष धान उत्पादनमा निकै ह्रास आएको समितीका सल्लाहकार भानु जोशिले बताउनु भयो । जोशिका अनुसार पहिले एक नाली विउ लाग्ने खेतमा ४ कट्टा धान उत्पान हुन्थ्यो अहिले सोहि खेतमा एक कट्टा  अर्थात पचास किलो धान मात्र उत्पादन हुन्छ । त्यो पनी सबै धानमा पोलो मात्र  छ यो बर्ष त भोकमरी हुने भया जोशिले बताए । 

धान उत्पादनमा समेत ८० प्रतीशतले ह्रास आएको छ । २० प्रतीशतमात्र धान उत्पादन भएको छ स्थानीय लवराज जोशिले भन्नु भयो “ असार ३१ गते नै देबल जीउलाको सिचाई कुलो बाउली खोलाले बगाई दियो । धानमा पानी लगाउन पाईएन , धान फुलेली पर्दा पानीको आवस्यक हुन्थ्यो सो बेला समेत पानी भएन जसका कारणले धान उत्पादनमा ८० प्रतीशतले ह्रास  आएको हो ” । 

सिचाई कुलो बनाई दिन विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु संग  आग्रह गरीए पनी कुनै पनी सरकारी तथा गैर सरकारी कार्यलयहरु पहल नै नगरे पछि आफुहरु नै सिचाई कुलो निर्माण गर्न अघि बढेको देबल बासिको भनाई छ ।

 सात हजार भन्दा बढीका खेतबारी भएको देबल जिउलामा समउमै पानी लिन नसके गहुँ बाली समेत उत्पादन नहुने खेतहरु बाँझै रहने स्थिती आउने स्थानीय चाँदनी धामीले बताईन् । 

मल्लो देबल जिउला सिचाई कुलो उपभोत्ता समिती का अध्यक्ष अर्जुन बहादुर खड्काका अनुसार सिचाई कुलो निर्माण गर्नका निमीत्त ३ जना सांसदहरुले ५ लाख रुपैया दिने आश्वसनका आधारमा काम अगाडी बढाएका छौ । अहिले स्काभेटमा लाग्ने तेलको मात्र ३ लाख जतीको खर्च एक्लैले गरेको छु । समीतीका अध्यक्ष खड्काले भन्नु भयो “आर्थीक सहयोग गर्नका निमीत्त विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयहरुमा अनुरोध गरेका छौ”। सबैले आश्वसन दिएका छन्,  सोही आश्वसनकै भरमा काम अगाडी बढाएको हो । सडक कटानका क्रममा समेत सिचाई कुलोमा ठुलो क्षती पर्याएको भए पनी मर्मत गर्न सडक कार्यलयले कुनै पहल नगरेको स्थानीयको भनाई छ । पटक पटक मर्मत गरी दिन भने पनी अटेरर गरेको र अझै पनी अटेर गरे कार्यलयमा ताला लगाउने समीतीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की