2026-09-19 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिचाई कुलो निर्माणमा देबलबासी एकजुट, कुलो नर्माण गर्न एक करोड खर्च लाग्ने

डिवि विष्ट, असोज ३, बझाङ । सिचाई कुलो निर्माण गर्न देबलबासि एक जुटभएर लागेका छन् । गत असार महिनाको ३१ गते बाउली खोलामा आएको बाढीले देबल जिउलाको सिचाई कुलो पर्ण रुपमा बगाए पछि अहिले स्थानीय बासिन्दाहरु सिचाई कुलो निर्माण गर्न लागेका हुन ।

सिचाई कुलो निर्माण गर्न झण्डै एक महिना समय लाग्ने छ भने  सिचाई कुलो मर्मत र निर्माण गर्न जनश्रमदान सहित एक करोड बराबर खर्च लाग्ने मल्लो देबल जिउला सिचाई कुलो उपभोत्ता समीतीका अध्यक्ष अर्जुन बहादुर खड्काले बताउनु भयो । 

हाल सिचाई कुलो निर्माणका लागी नौरा, सेलाखेत, रिठापाटा, पैयातोला, सिमखेत, काप्णा, बारिल, देबल र  ग्वानी स्थानीयहरु लागी परेका छन् । सथनीयहरुले मात्र सिचाई कुलो मर्मत र निर्माण गर्न सम्भव न भएका कारणले स्काभेटरको समेत प्रयोग गर्नु परेको समितीका अध्यक्ष खड्कालेबताउनु भयो । 

झण्डै ७ हजार भन्दा बढी स्थानीयहरुका खेत रहेको देबल जिउलामा असार ३१ गते बाउली खोलामा आएको बाढीले सिचाई कुलो पुर्ण रुपमा बगाए पछि यस बर्ष धान उत्पादनमा निकै ह्रास आएको समितीका सल्लाहकार भानु जोशिले बताउनु भयो । जोशिका अनुसार पहिले एक नाली विउ लाग्ने खेतमा ४ कट्टा धान उत्पान हुन्थ्यो अहिले सोहि खेतमा एक कट्टा  अर्थात पचास किलो धान मात्र उत्पादन हुन्छ । त्यो पनी सबै धानमा पोलो मात्र  छ यो बर्ष त भोकमरी हुने भया जोशिले बताए । 

धान उत्पादनमा समेत ८० प्रतीशतले ह्रास आएको छ । २० प्रतीशतमात्र धान उत्पादन भएको छ स्थानीय लवराज जोशिले भन्नु भयो “ असार ३१ गते नै देबल जीउलाको सिचाई कुलो बाउली खोलाले बगाई दियो । धानमा पानी लगाउन पाईएन , धान फुलेली पर्दा पानीको आवस्यक हुन्थ्यो सो बेला समेत पानी भएन जसका कारणले धान उत्पादनमा ८० प्रतीशतले ह्रास  आएको हो ” । 

सिचाई कुलो बनाई दिन विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु संग  आग्रह गरीए पनी कुनै पनी सरकारी तथा गैर सरकारी कार्यलयहरु पहल नै नगरे पछि आफुहरु नै सिचाई कुलो निर्माण गर्न अघि बढेको देबल बासिको भनाई छ ।

 सात हजार भन्दा बढीका खेतबारी भएको देबल जिउलामा समउमै पानी लिन नसके गहुँ बाली समेत उत्पादन नहुने खेतहरु बाँझै रहने स्थिती आउने स्थानीय चाँदनी धामीले बताईन् । 

मल्लो देबल जिउला सिचाई कुलो उपभोत्ता समिती का अध्यक्ष अर्जुन बहादुर खड्काका अनुसार सिचाई कुलो निर्माण गर्नका निमीत्त ३ जना सांसदहरुले ५ लाख रुपैया दिने आश्वसनका आधारमा काम अगाडी बढाएका छौ । अहिले स्काभेटमा लाग्ने तेलको मात्र ३ लाख जतीको खर्च एक्लैले गरेको छु । समीतीका अध्यक्ष खड्काले भन्नु भयो “आर्थीक सहयोग गर्नका निमीत्त विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयहरुमा अनुरोध गरेका छौ”। सबैले आश्वसन दिएका छन्,  सोही आश्वसनकै भरमा काम अगाडी बढाएको हो । सडक कटानका क्रममा समेत सिचाई कुलोमा ठुलो क्षती पर्याएको भए पनी मर्मत गर्न सडक कार्यलयले कुनै पहल नगरेको स्थानीयको भनाई छ । पटक पटक मर्मत गरी दिन भने पनी अटेरर गरेको र अझै पनी अटेर गरे कार्यलयमा ताला लगाउने समीतीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई