असोज ३, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको उर्मा गाउँमा दुई दिने निशुल्क स्वास्थ्य शिविर शोमवारबाट सुरु भएको छ । निदान समाज ललितपुरको आयोजनामा सुरु भएको स्वास्थ्य सिवीरको नेपाली काग्रेसका नेता तथा सासंद पुष्करनाथ ओझाले उद्घाटन गर्नुभयो ।
संबिधान दिवसका अवसरमा सांसद ओझाको पहलमा निदान समाजले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । देशभरका बिभिन्न जिल्लामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको निदान समाजले सुदूरपश्चिममा पहिलोपटक शिविरको आयोजना गरेको हो ।
मंगलवारसम्म चल्ने शिविरमा उर्माका बिभिन्न गाउका वासिन्दाले स्वास्थ्य चेकजाँच गराईरहेका छन । शिविरमा काठमाडौ र नेपालगञ्जका बिशेषज्ञ डाक्टरहरुले चेकजाँच गरिरहेका छन । गाउँघरमै स्वास्थ्य सुविधा पाएपछि सो क्षेत्रका बासीन्दामा खुसीयाली छाएको छ ।