2026-09-24 04:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिनामा २ लाख ३३ हजार नेपाली विदेशिए, पुस महिनामा मात्रै झन्डै ३९ हजार

माघ १५, काठमाडौँ | चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ३३ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा २ लाख ३३ हजार ३०३ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । पुस महिनामा मात्रै झन्डै ३९ हजार नेपाली बाहिरिएका छन् । पुस महिनामा ३८ हजार ८६४ जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् । 

 वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार संस्थागत श्रम स्वीकृति लिएर ३२ हजार ५९७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ५ हजार १०२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यसरी वैदेशिक रोजगारीमा जानेमा ३५ हजार १७५ पुरुष र ३ हजार ६८९ महिला रहेका छन् । 

पुस महिनामा १ हजार १६५ जना ‘जी टु जी’ मार्फत दक्षिण कोरिया गएका छन् । पुस महिनामा सबैभन्दा बढी मलेसिया गएका छन् । मलेसियामा १६ हजार ७५५ जना गएका छन् । त्यसपछि साउदी अरबमा ६ हजार २३५, युएईमा ४ हजार ५४३, कतारमा २ हजार ५०६, कुवेतमा २ हजार ७८९, दक्षिण कोरियामा १ हजार २०७ जना गएका छन् । त्यस्तै १८५ जना बेलायत समेत पुगेका छन् । 

त्यो अवधिमा ६५ हजार ४६४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सम्बन्धित देशबाट नै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था छ । जसले गर्दा नेपाल आएर पुनः श्रम स्वीकृति गरियो वा विदेशबाटै श्रम स्वीकृति गरियो भन्ने जानकारी भने विभागले राख्न सकेको छैन । 

पुस महिनामा वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । धनुषाबाट १ हजार ४६६ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसपछि झापाबाट १ हजार ४४० जना, मोरङबाट १ हजार २७७, सर्लाहीबाट १ हजार २७२, सिराहाबाट १ हजार १३० जना वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाएको छ । 

कुन महिनामा कति गए?

चालु आर्थिक वर्षमा ४ लाख १४ हजार ५४६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । मङ्सिर महिनामा ४० हजार ४४ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ३५ हजार ९२८ जना पुरुष र ४ हजार ११६ महिला थिए । मङ्सिर मा ६८ हजार ५६४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

त्यस्तै कात्तिकमा ४८ हजार ८०३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ४३ हजार ८७९ पुरुष र ४ हजार ९२४ जना महिला थिए । भने ७८ हजार ३७० जनाले पुनः श्रम स्वीकृति लिएका थिए । असोजमा ४४ हजार ३४ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ४० हजार ९७ जना पुरुष र ३ हजार ९३७ जना महिला थिए । भने ६२ हजार ७०६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

भदौमा सबैभन्दा बढी ५७ हजार ६९३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ५१ हजार ५७३ जना पुरुष र ६ हजार १२० जना महिला थिए । त्यो अवधिमा ७६ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । साउनमा ४२ हजार ७२९ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ३८ हजार २०० पुरुष र ४ हजार ५२९ महिला थिए । त्यो अवधिमा ६३ हजार ३९ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

अघिल्लो आर्थिक वर्षको ६ महिनामा १ लाख ६६ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७८/०७९ को पुसमा ३५ हजार ९९३, मङ्सिर मा ३४ हजार ४९७, कात्तिकमा ३० हजार १८, असोजमा २७ हजार ८२४, भदौमा २४ हजार ६९२, साउनमा १३ हजार ८०० जनाले श्रम स्वीकृति लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल