११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिनामा २ लाख ३३ हजार नेपाली विदेशिए, पुस महिनामा मात्रै झन्डै ३९ हजार

१५ माघ २०७९, आईतवार ०८:५२

माघ १५, काठमाडौँ | चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ३३ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा २ लाख ३३ हजार ३०३ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । पुस महिनामा मात्रै झन्डै ३९ हजार नेपाली बाहिरिएका छन् । पुस महिनामा ३८ हजार ८६४ जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् । 

 वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार संस्थागत श्रम स्वीकृति लिएर ३२ हजार ५९७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ५ हजार १०२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यसरी वैदेशिक रोजगारीमा जानेमा ३५ हजार १७५ पुरुष र ३ हजार ६८९ महिला रहेका छन् । 


पुस महिनामा १ हजार १६५ जना ‘जी टु जी’ मार्फत दक्षिण कोरिया गएका छन् । पुस महिनामा सबैभन्दा बढी मलेसिया गएका छन् । मलेसियामा १६ हजार ७५५ जना गएका छन् । त्यसपछि साउदी अरबमा ६ हजार २३५, युएईमा ४ हजार ५४३, कतारमा २ हजार ५०६, कुवेतमा २ हजार ७८९, दक्षिण कोरियामा १ हजार २०७ जना गएका छन् । त्यस्तै १८५ जना बेलायत समेत पुगेका छन् । 

त्यो अवधिमा ६५ हजार ४६४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सम्बन्धित देशबाट नै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था छ । जसले गर्दा नेपाल आएर पुनः श्रम स्वीकृति गरियो वा विदेशबाटै श्रम स्वीकृति गरियो भन्ने जानकारी भने विभागले राख्न सकेको छैन । 

पुस महिनामा वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । धनुषाबाट १ हजार ४६६ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसपछि झापाबाट १ हजार ४४० जना, मोरङबाट १ हजार २७७, सर्लाहीबाट १ हजार २७२, सिराहाबाट १ हजार १३० जना वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाएको छ । 

कुन महिनामा कति गए?

चालु आर्थिक वर्षमा ४ लाख १४ हजार ५४६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । मङ्सिर महिनामा ४० हजार ४४ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ३५ हजार ९२८ जना पुरुष र ४ हजार ११६ महिला थिए । मङ्सिर मा ६८ हजार ५६४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

त्यस्तै कात्तिकमा ४८ हजार ८०३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ४३ हजार ८७९ पुरुष र ४ हजार ९२४ जना महिला थिए । भने ७८ हजार ३७० जनाले पुनः श्रम स्वीकृति लिएका थिए । असोजमा ४४ हजार ३४ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ४० हजार ९७ जना पुरुष र ३ हजार ९३७ जना महिला थिए । भने ६२ हजार ७०६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

भदौमा सबैभन्दा बढी ५७ हजार ६९३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ५१ हजार ५७३ जना पुरुष र ६ हजार १२० जना महिला थिए । त्यो अवधिमा ७६ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । साउनमा ४२ हजार ७२९ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ३८ हजार २०० पुरुष र ४ हजार ५२९ महिला थिए । त्यो अवधिमा ६३ हजार ३९ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

अघिल्लो आर्थिक वर्षको ६ महिनामा १ लाख ६६ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७८/०७९ को पुसमा ३५ हजार ९९३, मङ्सिर मा ३४ हजार ४९७, कात्तिकमा ३० हजार १८, असोजमा २७ हजार ८२४, भदौमा २४ हजार ६९२, साउनमा १३ हजार ८०० जनाले श्रम स्वीकृति लिएका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु