पढ्न करिब 2 मिनेट लाग्छ

माघ १५, काठमाडौँ । बेलायतको अध्यागमन प्रणालीले दक्षिण एसियाली आप्रवासीहरू शोषणमा परेको चेतावनी दिएपछि बेलायती फार्महरूले नेपालबाट कामदारहरू भर्ना गर्न रोकेका छन्।

नेपालबाट अस्थायी भिसामा युकेमा कृषि कामदारहरू ल्याउन इजाजतपत्र प्राप्त सबै पाँच भर्ती कम्पनीहरूले सार्वजनिक रूपमा घोषणा गर्दै नेपालीहरुलाई नल्याउने घोषणा गरेका हुन् । यो समाचार फाइनान्सियल टाइम्सले दुई दिन अघिनै छापेको छ । समाचार स्रोतको अनुसार सिजनलमा नेपालबाट लाने पाँचै कम्पनीहरुले यो वर्ष देशबाट कामदारहरूलाई काममा नल्याउने घोषणा गरेको उल्लेख छ ।

अहिले बेलायती फार्महरूमा तीव्र श्रमिकहरुको अभाव सृजना भएको छ । नेपालीहरुले युके सिजनल भिसामा जाने क्रममा बिभिन्न कन्सल्टेन्सी र बिचौलियाहरु प्रयोग गर्दै लाखौँ खर्च गरेर युके जाने गरेको अवस्था थियो । यो समाचार तयार पार्दै गर्दा कतिपयले अहिले पनि सिजनलमा लैजाने भन्दै प्रलोभनमा पारेर अशुली गरिरहेको सूचना साझा सबाल मिडियाले संचालन गरेको वैदेशिक रोजगार एप मार्फत आईरहेको छ ।

सिजनल भिसामा युके गएकाहरुलाई सम्पर्क गरि त्यसै देशबाट बाह्य देशमा समेत पठाउने सर्त राखेर एजेन्टहरुले आर्थिक रुपमा चर्को लागत लिने गरेको समेत बताइएको छ । त्यस्तै निश्चित समयको लागि गएकाहरुले त्यहाँ गएर केहि दिनमै भाग्नुको साथै अन्यत्र देश जानको लागि ६ लाखसम्म नेपाली रकम छिट्टै खर्चिने गरेको समेत जानकारी प्राप्त भएको छ ।

बिचौलियाहरुको बिगबिगिको सिकार रोक्न नसक्दा नेपालले पाउने आकर्षक सिजनल भिसा अन्तर्गत अन्य देशको मौषमी रोजगार समेत प्रभावित हुन सक्ने आशंका गरिएका छन् ।