2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रथम संविधान दिवसमा रक्तदान कार्यक्रम

  पोखरा ३ असोज
 पहिलो संविधान दिवसको अवसरमा लायन्स क्लव अफ पोखरा पिस सोसाईटीले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ युनिट रगत संकलन भएको छ  ।
 
रक्तदान जीवनदान भन्ने नारा सहित सोमबार पोखराको पृथ्वीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७९ जना पुरुष र छ जना महिला गरि ८५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । प्रमुख अतिथी लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का निवर्तमान गभर्नर एमजेएफ धु्रव बहादुर थापाले प्रथम रक्तदाता सुधा थापा केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
 
लायन्स क्लव अफ पोखरा पिस सोसाईटी वर्ष १६÷१७ का अध्यक्ष लायन होम बिलास सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी थापा, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का रक्तदान समिति प्रमुख एमजेएफ किशोर बराल, रिजन चेयर पर्सन तेजनारायण पराजुली, जोन चेयर पर्सन विधाता श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
 
कार्यक्रम संयोजक लायन नरेन्द्र कुमार कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव लायन कुशराज तिमिल्सिनाले गरेका थिए ।कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत बिभिन्न व्यक्तिहरुले रक्तदान गरेको आयोजकले बताएको छ ।कार्यक्रम रक्तसञ्चार केन्द्र, कास्कीको प्राविधिक सहयोग सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई