2026-07-28 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्री अर्यालले विमानस्थलबाट हटाए वैदेशिक रोजगारीको छुट्टै डेस्क

माघ १७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएका छन् । हिजो सोमबारदेखि लागू हुने गरेर वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको मन्त्री अर्यालले जानकारी दिएका हुन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि भनेर छुट्टै डेस्क राखिएको थियो । जबकि, विद्यार्थी भिसा, पर्यटन भिसा र व्यवसायीक भिसामा जानेहरुका लागि छुट्टै डेक्स थिएन ।’ वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर विमानस्थलमा राखिएको डेस्कले विदेशमा रोजगारीका लागि जाने नेपालीहरुको आत्मबलमा ठेस पुगेको गुनासो आएकाले हटाएको अर्यालले बताए । 

उनले भने, ‘वैदेशिक रोजगारीमा जाँदै गर्दा विमानस्थलमा राखिने लामो लाइनमा बस्दै गर्दा विदेश गएर रोजगारी गर्नेहरुको लाइन भनेर अन्य यात्रुले कानेखुसी गर्ने गर्थे । जसले वैदेशिक रोजगारीमा जानेहरुलाई हतोत्साहित गर्थ्यो । सोही कारण, हिजोदेखि लागू हुने गरेर उक्त डेस्क हटेको छ ।’ मन्त्री अर्यालले अबदेखि विद्यार्थी भिसा, पर्यटन भिसा, व्यवसायीक भिसा र वैदेशिक रोजगारीको भिसामा जानेहरूको लाइन एउटै हुने समेत जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै