माघ १८, सिन्धुपाल्चोक |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १८, सिन्धुपाल्चोक | 
११ कार्तिक २०८१, आईतवार
काठमाडौँ - KTM

हिन्दु संस्कारमा सहगोत्रीसँग किन गर्नु हुँदैन विवाह ?

१८ माघ २०७९, बुधबार ०५:५७

माघ १८, सिन्धुपाल्चोक | हाम्रो धर्मशास्त्रमा एउटै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने मान्यता रहेको छ । गोत्र शब्दको अर्थ हो वंश र कुल । विषेश गरेर गोत्रको कुरा उठाउँनुको उदेश्य भनेको कुनै पनि व्यक्तिको वंशसँग वा पुर्खासँग सम्बन्ध स्थापित गरिरहनु हो । जस्तै तपाईको गोत्र भारद्वाज हो भने त्यस्को अर्थ हो तपाईँको वंश वैदिक ऋषि भारद्वाजबाट शुरु भएको हो । अर्थात् तपाई भारद्वाज ऋषिका सन्तान भित्र पर्नुहुन्छ । हाम्रा अग्रज तथा बुवा आमाहरुले हामीलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे बताइरहनु भएकै हुन्छ । किन एउटै गोत्रमा किन विवाहमा गर्नु हुँदैन । हामी यसैको बारेमा चर्चा गर्नेछौ ।


सह गोत्रीसँग किन विवाह गर्नु हुँदैन ?

भारद्वाज, विश्वामित्र, जमदग्नि, गौतम, अत्रि, वशिष्ठ, काश्यप, सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गौत्र’ भनेर चिनिन्छन् । विवाहमा गोत्रको ठूलो महत्व छ र विवाह गर्नुअघि वा बर बधुको विवाहको कुरा चलाउनु अघि एउटै गोत्र पर्छ कि पर्दैन सबै बुझेर मात्र हाम्रा अग्रजहरुले कुरा चलाउँनु हुन्छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै बर वा बधु सहगोत्री छन्÷छिन् भने विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन । कतिपय अवस्थामा केटा केटीको मन परापर भएर प्रेम हुने, प्रेमपछि विवाहको कुरा चल्दा गोत्र एउटै भएर विवाह रद्ध हुने अवस्था पनि आउँदछ ।

त्यसैले विवाह छिन्ने समयमा गोत्रको ख्याल गर्नुपर्छ । गोत्रको सम्वन्ध रगतले निर्धारण गरेको हुन्छ अर्थात जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ । एकै गोत्रका स्त्री, पुरुष, भाइबहिनी हुन् र उनीहरूका बीच विवाह हुनु भनेको हा ड नाता भित्र विवाह हुनु हो ।

मत्स्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ । धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ । यस्ता जोडीबाट सन्तान पनि गतिला जन्मदैनन् । जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ ।

सहगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ र विज्ञानले भन्छ फरक गोत्रबाट नयाँ नयाँ विचार धाराको जन्म हुन्छ । एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दो’ ष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुन्छ ।

विवाह गर्नको लागि कति गुण हुनुपर्छ ? 

विवाहलाई पारिवारिक मिलनको रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ । अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र बधुको कानुनी विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ ।

मनुस्मृति लगाएत अन्य शास्त्रमा विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ । आफूले चाहेर मात्र नहुने । देखेको नपाइने, लेखेकै हुनुपर्ने तथा विवाहका लागि सूर्य भगवानले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ । स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ । हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदाय अनुसार विवाह कर्ममा केही फरकफरक संस्कारहरू पाइन्छन् तर सामान्यतया हिन्दूधर्ममा वा ज्योतिषशास्त्रमा विवाह गर्नको लागि वर र कन्याको कति गुण हुनुपर्दछ यसै बिषयमा यहाँ चर्चा गरिएको छ ।

बर र बधुको जन्म समय अनुसार तयार भएको चिनामा वर्णको १, वश्यको २, ताराको ३, योनिको ४, मैत्रीको ५, गणको ६, भकूटको ७ र नाडीको ८ गरी जम्मा ३६ गुण मध्ये १८ भन्दा धेरै प्रप्तांक आएमा ज्योतिषीको परामर्षमा विवाह गर्ने निश्चय हुन्छ । गुणका अतिरिक्त केटाकेटीको मांगलिक स्थिति समेत हेर्नुपर्ने हुन्छ । लग्नकुण्डलीको १, ४, ७, ८ तथा १२ स्थानमा मंगल ग्रह विराजमान भए मांगलिक हुने र मांगलिक केटाको मांलिक केटीसँगमात्र विवाह गर्नुपर्ने शास्त्रीय मत रहेको छ ।

अन्यथा वैवाहिक सुखमा कमी आउँने शास्त्रीय मत रहेकाले कुम्भ विवाह, कलश विवाह, तुलशी विवाह आदि विधिले दोष निवारण गरी विवाह गर्ने गरिन्छ । तरपनि मांगलिक भङग भएको अवस्थामा भने मांगलिक नहुने ज्योतिष शास्त्रमा लेखिएको छ ।

बर र बधुको राशि गणना गर्दा बरकोबाट बधुको राशि ८, १२ भयो भने पनि विवाहको राम्रो मानिन्न । जस्तै बरको राशि मेष रहेको छ भने मेषबाट ८ गन्दै जादा वृश्चिक राशि ८ पर्न जान्छ । त्यस्तै मेष राशिबाट बधुको १२ औँ राशि मिन राशि हुन्छ । यानिकी आफ्नो राशिबाट गन्दै जादा ८ औँ राशि र १२ राशिको व्यक्तिसँग भरसक विवाह नगर्नु राम्रो मानिन्छ । यस्तो अवस्थामा विवाह गरेमा ऋण, रोग तथा संकटले जीवनमा प्रभाव पार्ने शास्त्रमा उल्लेख गरिएको छ । ज्यो. दुर्गा भण्डारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित