२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९, १८ माघ बुधबार ०९:४१

माघ १८, काठमाडौँ | रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्नु पर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी परेको छ। बुधबार सिन्धुलीका युवराज पौडेल सफलले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्।


निवेदनमा अवैधानिक नागरिकता पेश गरेर लामिछानेको अध्यक्षतामा आयोगमा दल दर्ता गरेको भन्दै कानुनसम्मत दल अवैधानिक रहेको कारण देखाउँदै दल खारेज गर्न माग गरिएको छ । आयोगमा २०७९ असार १७ गते लामिछानेको अध्यक्षतामा दल दर्ता गरिएको थियो।

दल दर्तापश्चात् निर्वाचनमा भाग लिई रास्वपाले राम्रो सिटसहित राष्ट्रिय दलको पनि मान्यता पायो । लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा सहभागी पनि भए । तर, सर्वोच्च अदालतको इजलासले माघ १३ गते नागरिकता मुद्धा विवादमा लामिछानेलाई दोषी ठहर गरेसँगै पार्टी सभापति, सांसद र मन्त्री पद सबै गुमेको थियो ।

सरकारबाट बाहिरिएको दुई दिनमै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नेपाली नागरिकता लिएका थिए । नागरिकता प्राप्त गरेसँगै लामिछाने पुनः गृह मन्त्रालयमा फर्किने तयारी गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले सर्वाेच्चको पूर्णपाठ नआएसम्म कसैलाई गृहमन्त्री नबनाउने भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो