२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालयबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार

२०७९, १८ माघ बुधबार ११:४९

माघ १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँ गृह मन्त्रालयमा फर्कन दौडधुप गरिरहेका बेला यसबारे पार्टीभित्र दुई धार देखिएको छ । दुई धार देखिएपछि तत्काल सरकारबाट फिर्ता हुने निर्णयबाट समेत लामिछाने ब्याक हुनुपरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा यसअघि उपप्रधान एवम् गृहमन्त्री रहेका लामिछानेलाई सर्वोच्च अदालतले गत शुक्रबार नेपाली नागरिकता पुन: प्राप्ति नगरेको भन्दै सांसद र मन्त्री पदनै खारेजी गरिदिएको थियो । सर्वोच्चको फैसलालगत्तै आफूलाई अनागरिक बताउँदै लामिछाने गृहमन्त्रालयबाट बाहिरिएका थिए।


आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुन: नागरिकता लिएका लामिछानेलाई सोही दिन नै पार्टीले उनलाई फेरि सभापति बनाएको थियो। सभापति बनेलगत्तै पटक-पटक प्रधानमन्त्री र एमाले अध्यक्षसँग भेटेर आफूलाई गैरसांसदका रुपमा गृहमन्त्री बनाउन लागिपरेका छन् ।

ओलीले पनि रबिलाई पुन: गृहमन्त्री बनाउन प्रचण्डलाई भेटेर धेरैपटक दबाब दिइसकेका छन्। तर, प्रचण्डको स्वभाव र ब्याक अफ फोर्स कांग्रेसका कारण उनी लामिछाने मात्रै नभएर रास्वपाका कुनै सांसद्‍लाई पनि गृहमन्त्री बनाउने मुडमै छैनन्।

हिजो बिहानमात्रै प्रधानमन्त्री निवास बालुवाटार छिरेर प्रधानमन्त्री प्रचण्डलाई बेलुका ५ बजेसम्म आफूलाई गृहमन्त्री नबनाए सरकार छोड्ने धम्कि दिएका लामिछानेलाई आफ्नै पार्टीमा सरकारबारे दुई धार हुँदा निल्नु न ओकल्नु भएको छ ।

५ बजेसम्म समयसीमा दिएर गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने प्रस्ट मनसाय बनाएका लामिछानेले आफ्नो पार्टीको बैठकसम्म पनि राख्न सकेनन्। रास्वपा उपसभापति तथा हाल सरकारमा श्रममन्त्री डिपी अर्याललगायत केही सांसद तत्काल सरकार नछोड्ने र रबिलाई नै गृहमन्त्री ल्याउने तयारी गरौं भन्ने एक धार र पार्टी प्रवक्ता मुकुल ढकालसहित सांसदहरु तत्कालै गैरसांसदको रुपमा गृहमन्त्री नियुक्ति नगरे सरकार छोड्नुपर्छ भन्ने अर्को धार रहेको छ।

प्रवक्ता ढकालको धारमा हिडिँरहेका लामिछानेले सोही धारकै कारण मंगलबार बिहान प्रचण्डलाई समयसीमा दिएका थिए। तर, समयसीमा सकिएपछि सरकारबाट बाहिरिने तयारी गरिरहेका लामिछानेलाई उपसभापति तथा श्रममन्त्री ढकाललगायतको समूहले सरकारबाट नबाहिरीन दबाबदिएपछि फेरि बिवादमा आउने डरले लामिछानेलाई यतिबेला उकुसमुकुस भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई पार्टीभित्रका नेताहरूले गृह मन्त्रालय रास्वपालाई नदिन  दबाब दिन थालेका छन् । प्रधानमन्त्री सफल हुनका लागि गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय आफू हुनुपर्नेमा तीनवटै मन्त्रालय नभएपछि गृह लिएरै छोड्नुपर्ने अडान लिएका हुन् । यता प्रचण्ड गृह मन्त्रालय कम्तीमा राष्ट्रपतिको निर्वाचनसम्म आफैँसँग राख्ने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो