२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह नपाए उपप्रधान बनेर अरु कुनै मन्त्रालयमा जाँदै रवि लामिछाने, आजै सपथको सम्भावना

२०७९, १९ माघ बिहीबार ०५:१६

माघ १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान मन्त्रीका हैसियतमा सरकारमा सहभागी हुने भएका छन् । उनले गृह नभए पनि अरु कुनै मन्त्रालय पाए पनि आफू सरकारमा सहभागी हुने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् ।

स्रोतका अनुसार उनले आजै उपप्रधानमन्त्रीका रुपमा आजै सपथ लिने तयारी छ । तर, अहिलेसम्म उनले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगो लागिसकेको छैन । यसअघि गत शुक्रबार सर्वोच्च अदालतले उनले प्रयोग गरिरहेको नागरिकता अवैध भन्ने ठहर गरेपछि उनको सांसद, मन्त्री, पार्टी सभापतिलगायतका पदहरु गुमेको थियो ।


गत आइतबार नै उनले प्रक्रिया पुर्याएर नेपाली नागरिकता लिएका छन् । त्यसपछि फेरि पार्टी सभापति चयन भएका उनले योबीचमा बारम्बार आफूलाई गृह मन्त्रालय नै दिनु पर्ने अडान राखेका थिए । चितवनमा हुने उपनिर्वाचनमा जित निकालेर आउने दाबीसहित उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न दबाब दिएका थिए । तर, प्रचण्डले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउनुअघि उनलाई गृहमन्त्री नियुक्त गर्न नसक्ने अडान लिएका थिए । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पछिल्लो समय यसअघि सरकार बनाउँदा भागवण्डामा गृह राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको भन्दै लामिछानेलाई गृहमन्त्रीमा नियुक्त गर्न पर्ने अडान लिएका थिए । तर, लामिछाने र ओली दुवैको दाबीलाई प्रचण्डले सहजै स्वीकार गरेनन् । लामिछानेले आफू सरकारमा भए आफूमाथि दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा परेको उजुरीको समाधानका लागि सहज हुने भन्दै सरकारमा सहभागी हुनै पर्ने माग राख्दै आएका थिए । रविले गृहबाहेक अरु कुनै मन्त्रालयमा पनि आफू जान तयार रहेको बताएपछि प्रचण्डले गृह मन्त्रालय माओवादी केन्द्रसँगै राखेर रविलाई अर्को कुनै जिम्मेवारी दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो