2026-09-04 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियन गृहमन्त्रीको नेपाल भ्रमण : थप श्रमिक लैजाने र भएका समस्या समाधान प्राथमिकतामा

माघ १९, काठमाडौँ | आज साँझ सात बजेर २० मिनेटमा मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा १५ सदस्यीय उच्चस्तरीय टोली नेपाल आइपुग्ने भएको छ ।

मलेसियाको श्रम बजारमा नेपालसहित विभिन्न १५ देशबाट पाँच लाख श्रमिक लैजाने कार्यक्रम अन्तर्गत मलेसियाका गृहमन्त्रीसहित त्यहाँको श्रम मन्त्रालयका उच्चस्तरीय टोली नेपाल आउने भएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिनुभयो । 

१४ वर्षपछि मलेसियाको गृहमन्त्री स्तरीय नेपाल भ्रमण हुन लागेको हो । कोरोना महामारीपछि मलेसियाको अर्थ बजारले गति लिइरहेको छ । महामारीको कारण बन्द भएका कम्पनीहरू पनि खुल्ने र नयाँ कम्पनीहरू समेत सञ्चालनमा आएपछि अहिले मलेसियामा श्रमिकको अभाव भइरहेको छ । 

श्रम बजारमा बढ्दो श्रमिक अभावलाई पूरा गर्नका लागि मलेसियाले विभिन्न नीति तथा कार्यक्रमहरू ल्याइरहेको राजदूत पौडेलले बताउनुभयो । 

मलेसियाले ल्याएको कार्यक्रममा विभिन्न कारणले गैरकानुनी रूपमा काम गरिरहेका श्रमिकहरूलाई आममाफीमार्फत पुनः कानुनी रूपमा काम गर्ने अवसर प्रदान गर्ने एउटा कार्यक्रम रहेको छ ।

यसका साथै फोरेन इप्लोइमेन्ट रिल्याक्सेसन प्लान पनि मलेसियन सरकारले ल्याएको छ । यो कार्यक्रम अन्तर्गत मलेसियाले आफ्नो श्रम बजारमा नेपालसहित विभिन्न १५ देशबाट पाँच लाख श्रमिक लैजाने छ । 

यही कार्यक्रम अन्तर्गत नै गृहमन्त्रीसहितको उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । यो कार्यक्रम अन्तर्गत जतिसक्दो चाँडो आफ्नो श्रम बजारमा भएको श्रमिकको अभाव पूरा गर्ने योजनामा छ मलेसिया । 

मलेसियाका लागि नेपाली राजदूत पौडेल भन्नुहुन्छ ‘मलेसियाको श्रम बजारमा नेपालको उपस्थिति हैसियतपूर्ण छ, यस हिसाबले पनि नेपाललाई प्राथमिकतामा राखेर गृहमन्त्री स्तरीय नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।’

मलेसियाका लागि नेपाल प्रमुख स्रोत गन्तव्य पनि हो । त्यसैले केही समस्याहरू छन् भने दुई देशबीच छलफल गरेर त्यसलाई समाधान गर्ने र थप श्रमिक लैजाने विषयमा नै यो भ्रमणमा छलफल हुने छ । तर नेपालबाट कति श्रमिक मलेसियाले लैजाने हो भन्ने कुरा भने यकिन भइसकेको छैन ।

‘नेपालबाट मलेसिया श्रमिक पठाउने मोडालिटीमा त नेपाल प्रस्ट छ, किनकि शून्य लागत सरकारको नीति नै हो, र बाँकी सङ्ख्या, उनीहरूको प्रक्रिया कस्तो रहन्छ भन्ने विषयमा मन्त्री स्तरमा व्यापक छलफल हुने छ भने नेपाल र मलेसियाबिचको श्रम सम्बन्धलाई थप कसरी विस्तार सकिन्छ भन्ने विषयहरूमा छलफल हुनेछ’ राजदूत पौडेलले भन्नुभयो । 

दूतावासको तर्फबाट मलेसियाको श्रम र गृह मन्त्रालयसँग औपचारिक रूपमा विभिन्न चरणमा भेटघाट र छलफल गरेपछि मलेसियन गृह मन्त्रीको नेपाल भ्रमणका बारेमा समझदारी भएको राजदूत पौडेल बताउनुहुन्छ । 

१४ वर्षपछि मलेसियाबाट हुन लागेको गृहमन्त्री स्तरीय भ्रमणले नेपाल र मलेसियाबिचको भ्रमणले दुई देशबीचको सम्बन्धमा एउटा नयाँ उचाइ दिने राजदूत पौडेलको भनाइ छ । 

गृहमन्त्री इजमाइलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । 

नेपाल र मलेसियाबीच शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी श्रम सम्झौता भए पनि पछिल्लो समय मलेसिया जाने श्रमिकले लाखौँ रुपैयाँ तिर्नु परिरहेको छ । तर पनि पछिल्लो समय मलेसिया नेपालीहरूको आकर्षणको केन्द्र बनेको छ । नेपालसँग मिल्दोजुल्दो हावा पानी र मलेसियाले न्यूनतम आधारभूत पारिश्रमिक बढाएर १५ सय मलेसियन रिंगिट पुर्‍याएकाले पनि मलेसिया रोज्ने नेपालीहरूको सङ्ख्या बढ्दो छ । 

गएको पुस महिनामा मात्रै २० हजारभन्दा धेरै नेपाली रोजगारीका लागि मलेसिया उडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ