2026-09-24 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियन गृहमन्त्रीको गुनासो : नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भयो

माघ २०, काठमाडौँ | नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भएको मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले बताएका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भएको भेटवार्तामा गृहमन्त्री सैफुद्दिनले अन्य देशको तुलनामा नेपालबाट श्रमिक लैजाने प्रक्रिया झन्झटिलो रहेको बताएका हुन्। श्रम मन्त्री अर्यालले यसविषयमा आफूहरुले पनि सोचिरहेको र परिमार्जन गरेर जतिसक्दो छिटो पठाउने गरी प्रक्रिया मिलाउने बताए। 

मलेसियाका कम्पनीले कामदार माग गरेको महिनौंपछि मात्रै श्रमिक पुग्ने गरेको गुनासो गरेका छन्। नेपालबाट श्रमिक लैजान मागपत्र दूतावासमा प्रमाणिकरण गराउनुपर्छ। त्यसपछि पुनः स्वीकृति लिएर श्रमिक छनौटको प्रक्रिया अगाडी बढाउने व्यवस्था छ। त्यसका लागि ७ दिने सूचना पनि प्रकाशित गर्नुपर्ने व्यवस्था छ। स्वास्थ्य परीक्षण लगायतका सबै प्रक्रिया पूरा गरेपछि अन्तिम स्वीकृति लिनुपर्छ।

नेपालका सरकारी निकायले भटाभट काम गरे पनि डेढ महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए। नेपाल र मलेसियाबीच भएको दुई पक्षीय श्रम सम्झौता अक्टोबरमा सकिँदैछ। त्यसको नविकरण गर्दा समय सापक्ष बनाउने सहमती भएको छ। यसका लागि दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिले गृह कार्य गर्नेछ। श्रम मन्त्री अर्यालले भलेसियन गृहमन्त्रीसँग त्यहाँका नागरिक सरह नेपालीलाई पनि व्यवहार गर्न तथा सेवासुविधा दिन आग्रह गरेका छन्। 

गृहमन्त्री सैफुद्दिनले मलेसियाले २०२४ भित्रमा ५ लाख श्रमिक लैजाने लक्ष्य रहेको बताएका छन्। त्यसमा नेपालीलाई प्राथमिकतामा राख्न श्रममन्त्री अर्यालले आग्रह गरेका छन्। यस्तै दुई देशबीच तालिमप्राप्त श्रमिक पठाउने विषयमा पनि छलफल भएको छ। गृहमन्त्री सैफुद्धिनले शुक्रबारै अपरान्ह ४ बजे  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई