९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ

२० माघ २०७९, शुक्रबार ११:२३

माघ २०, काठमाडौँ | आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन् ।


आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माको निर्देशनमा बिहीबाररातिदेखि बाल विवाहविरुद्ध राज्यव्यापी कारबाही थालिएको बताउँदै प्रहरी महानिरीक्षक एवम् आसाम प्रहरीका प्रवक्ता प्रशान्तकुमार भुयानले राज्यभरबाट पक्राउ परेकामध्ये एक सय ३१ जना एकै स्थान विश्वनाथका रहेका एएनआईलाई जानकारी दिनुभयो । राज्यव्यापीरूपमा बाल विवाह रोक्न मुख्यमन्त्रीबाट प्राप्त निर्देशनअनुसार राज्यभरका प्रहरी त्यसविरुद्ध आक्रामक भएर लागेका उहाँले बताउनुभयो । 

उमेर नपुगेका युवतीसँग विवाह गरेको आरोपमा माजुली जिल्लाबाट छ जनालाई नियन्त्रणमा लिईको छ भने गुवाहाटीमा मात्र बालविवाहसम्बन्धी एक सय ९२ मुद्दा दर्ता भएका छन् । गुवाहाटीबाट ५३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । बाल विवाहमा संलग्न भएको अभियोगमा ध्रुवी जिल्ला प्रहरीले ९६ जनालाई हिरासतमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो